लालिगुराँस सहकारीका अध्यक्षसहित ४ जनालाई पक्राउ गरी सार्वजनिक

काठमाडौं । ललितपुरको लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ । सहकारीका बचतकर्ताको ६ अर्ब ३० करोड रकम अपचलन गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अध्यक्ष श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कदमबाबा जोशी छन् । २०८० चैत १ गते ३ करोड ठगीको आरोपसहित उनीहरूविरुद्ध ललितपुर प्रहरी परिसरमा उजुरी परेको थियो ।

सोही उजुरीमाथि अनुसन्धानका क्रममा चैत ३० गते जिल्ला अदालतले पक्राउका लागि अनुमति (पुर्जी) दिएको थियो । अध्यक्ष श्रेष्ठले ३१ वर्ष नेपाल बैंक लिमिटेडमा काम गरेका थिए । उनले बैंकको मुख्य कार्यालयमा चिफ म्यानेजरको रूपमा समेत काम गरेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation