लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमीले गर्यो सिर्जनशील लेखन शैलीको लागि अभिमुखीकरण कार्यक्रम

बुटवल । तिलोत्तमा ३ जानकीनगर मा B.A.LL.B  प्रथम बर्षमा अध्यनरत विद्यार्थीहरूको लागि श्रृजनशील लेखनको लागि पत्रकारिता को महत्त्व विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीको पूर्व सभापति एवम वरिष्ठ पत्रकार डी आर घिमिरेले प्रशिक्षण दिनु भएको हो ।

कलेज पढ्दै गरेका विद्यार्थीहरूले आफैले समूह बनाएर भित्ते पत्रिका, बुलेटिन, कलेजको मुखपत्र निकाल्ने काम गर्न सक्छन,  त्यसले विद्यार्थीको लेखन क्षमतामा सिर्जनशीलता थप हुने बताउनु भयो ।आजको प्रविधिको विकासले पत्रकारितामा उच्चतम सुविधा र अवसर दिएको छ च्याट जेपिटी, एआई (AI)  हरुले आफै समाचार लेख्दिन्छन् तर पनि लेखन शैलीलाई उत्कृष्ट एवम सृजनशिल बनाउन को लागि अध्यन र लेखन को महत्त्व बढी रहेको बताउनु भयो ।

कानुनका विद्यार्थीहरुले तमसुक लेख्दा श्री देखि शुभम सम्म एउटै वाक्यमा लेख्न सिक्नुहुन्छ तर पत्रकारितामा छोटो वाक्य, सजिलो र दोहोरो अर्थ नलाग्ने हुनुपर्दछ , कानुन का विद्यार्थीको लेखन शैली र पत्रकारिताको लेखन शैलीमा फरक भयता पनि पत्रकारिताको लेखन शैलीको ज्ञान हुदा धेरै फाइदा हुने बताउनुभयो ।

लुम्बिनी इन्टिग्रेटेड एकेडेमी पूर्वाञ्चल विश्वविद्यालय बाट सम्बन्धन प्राप्त कलेज हो । एकेडेमिमा B.Sc.Forestry   (बन विज्ञान)मा ४८ सिट र ५ वर्षे B.A.LL.B मा ६० जना विद्यार्थीको पढाइ हुन्छ । अहिले ४० भन्दा बढी जिल्लाका विद्यार्थीहरु अध्यनरत छन । जुन सुकै विषयमा कक्षा १२ पास गरेका र कम्तिमा न्एब् द्द प्राप्त विद्यार्थीहरुले द्य।ब्।ीी।द्य अध्ययन गर्न पाउँछन् भने, कक्षा १२ मा विज्ञान विषयबाट GPA  2 ल्याएका वा बन विज्ञान र कृषि विषयमा सिटिभिटी मा ३ वर्षे डिप्लोमा, र ९ देखि १२ सम्म वन, पशु वा कृषि पढेका विद्यार्थीहरुले पढ्न सक्ने छन् । नयाँ शैक्षिक सत्रको लागि कक्षा १२ को नतिजा आए लगत्तै भर्ना खोल्ने र प्रवेश परीक्षा कलेज मै हुने कलेजका प्रमुख प्रशासक प्रकाश अधिकारीले जानकारी दिनु भयो ।

लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमी वन विज्ञान अध्ययन गराउने लुम्बिनी प्रदेशकै पहिलो र एक मात्र कलेज हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation