रामग्राम । नवलपरासीको बदर्घाटमा सर्पको टोकाईबाट एक युवतीको मृत्यु भएको छ ।
शुक्रबार बिहान ३ बजे सर्पले टोकेपछि बर्दघाट नगरपालिका वडा नं १४ बस्ने २० वर्षिया सोनिया खनालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
बिहान ३ बजे शौचालय गएको बेला बायाँ खुट्टामा सर्पले टोकेपछि उनलाई स्थानीय सरोज मेडिकलमा पुर्याइएको थियो । मेडिकलमा सामान्य उपाचारपश्चात जिल्ला अस्पताल परासी पुर्याईएकी उनलाई चिकित्सकले बिहान ०८ः५० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी रेशम बोहरा जानकारी दिए ।