बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोला नजिकै सडक भासियो

बुटवल। बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोला नजिकै सडक भासिएको छ ।

तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । उक्त स्थानमा झन्डै ६० मिटर सडक भासिएको हो ।यही खण्डमा दुई वर्ष अघि पनि सडक भासिदा यात्रुले एक हप्ता बढी सास्ती भोग्नु परेको थियो। अहिले फेरि सडक भासिदा यात्रु र सवारीसाधन जोखिम मोलेरै यात्रा गर्न बाध्य छन ।

तल्लो भागमा रिटेनिङ वाल लगाएको र माथिल्लो भागमा सडक चौडा गरेको भए पनि सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले जानकारी दिए। सडक भासिए पनि यातायात भने सुचारु छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation