लुम्बिनी केबलकारमा सोमबार बिहान टिकट आधा सस्तो

बुटवल ।  लुम्बिनी केबलकारले साउन १४ गतेदेखि भदौ मसान्तसम्म सोमबारका दिनहरुमा टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । गत वर्ष यो अफर सफल भएको थियो । पर्यटकहरुको माग अनुसार यो वर्ष पनि अफर ल्याएको कम्पनीले जनाएको छ । केबलकारको साधारण टिकट दर १ हजार रुपैयाँं छ । यो अफर अनुसार पर्यटक र भक्तजनहरुले केबलकारको दुईतर्फी यात्राका लागि ५ सय रुपैयाँ मात्र तिरे पुग्ने भएको छ ।

साउन १४ गतेदेखि भदौ मसान्तसम्मका ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकटदरमा ५० प्रतिशत छुटसहित मर्निङ अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए ।

केबलकारको साधारण टिकट दर १ हजार रुपैयां छ । यो अफर अनुसार पर्यटक र भक्तजनहरुले केबलकारको दुईतर्फी यात्राका लागि ५ सय रुपैयाँ मात्र तिर्नुपर्ने छ ।
‘बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिद गर्दा मात्र छुट अफर लागू हुन्छ तर, टिकट लिएकाहरु १२ बजेदेखि सांझसम्म आफू अनुकूल समयमा केबलकार चढ्न पाउँछन्’– अपरेसन म्यानेजर कायस्थले भने । सोबाहेक अन्य समयमा भने पुरानै टिकटदर कायम गरिएको छ।

यो अफरले आम सर्वसाधारणलाई सस्तो शुल्कमा केबलकार यात्रा तथा प्रख्यात शक्तिपीठ कामाख्या मन्दिर र यवर्षदेखि पूजाआजा हुँदै आएको दुुर्गा माता मन्दिर दर्शन तथा साउनभर

जलार्पण गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ । साउन महिनामा बसन्तपुरको टप स्टेशनमा महादेव शिवको वाहन नन्दी समेत रहेकाले जलार्पण गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ ।

मर्निङ अफर भारतीय पर्यटकमा पनि लागू हुने र उनीहरुले ५ सय रुपैयाँ भारुमा टिकट खरिद गर्न सक्ने केबलकारका म्याजेजर प्रज्ज्वल घिमिरेले जानकारी दिए ।

लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत वर्ष जेठ १५ गतेबाट सञ्चालनमा रहेको छ । केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुंदै आएको दुुर्गा माता मन्दिर हिन्दू धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ ।

मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने संख्या बढ्दो क्रममा रहेको म्याजेजर घिमिरेले बताए ।

टप स्टेशनमा जीपलाइन, स्काइ साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान, वरपिपल चौपारी, पोखरीलगायतका धार्मिक संरचनाहरु रहेका छन् । केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम सेवा शुल्कवापत रुपन्देहीको बुटवल उपमहानगरपालिका र पाल्पाको तिनाउ गाउँपालिकालाई दिंदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation