काठमाडौँ । पूर्वसस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बहिस्कार गरेका छन् ।
बिहीबार बसेको बैठकमा समितिका सभापति राजकिशोर यादवसँग चर्काचर्की परेपछि किरातीले बैठक बहिस्कार गरेका हुन् । आज ईयु सेफ्टी लिस्ट तथा नागरिक उड्डयन, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमति, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगती र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाडामा रहेका पसल कवलहरुको सम्झौताको सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।
तर, समिति सभापति यादवले समय कम रहेकाले सांसद किरातीलाई विषयवस्तुमा केन्द्रित रहेर बोल्न आग्रह गरेपछि भनाभनको स्थिति पैदा भएको थियो । एजेन्डा राखेपछि हामीले बोल्न नपाउने भन्दै किरातीले बैठक बहिस्कार गरेका हुन् ।