राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, टीका र टोपी लगाउन पाइने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा सिन्दूर र टीका समेत लगाउन पाईने भएको छ।

गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागले सुचना जारी गर्दै राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा सिन्दूर र टीकालगाउन पाईने जनाएको छ।

बिभागको सुचनामा फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्ने, फोटो खिच्दा सिन्दूर, टीका, राष्ट्रियता झल्कने टोली, धार्मिक, सांस्कृति तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने उल्लेख गरेको छ।

अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ।

यसअघि सिन्दूर, टिका हटाएर फोटो खिच्न लगाइन्थ्यो। तर जनस्तरबाट आलोचना भएपछि विभागले यस्तो निर्णय गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation