लुम्बिनीमा नेपाल–चीन साँस्कृतिक आदानप्रदान कार्यक्रम

लुम्बिनी बौद्ध विश्वविद्यालय विश्व कम्युनिसियस सेन्टरको आयोजनामा शनिबार लुम्बिनीमा नेपाल–चीन साँस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन भएको थियो । उक्त कार्यक्रममा नेपाल र चीनको सस्कृति झल्किने भेषभूषा र साँस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा चीनकोतर्फबाट ५० र नेपालकोतर्फबाट १० वटा खानाको परिकारको स्टल राखी कार्यक्रममा आमन्त्रित अतिथिहरुलाई स्वाद चखाइएको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ ।

कार्यक्रममा बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्ण लाल बज्राचार्यले नेपाल र चीनबीचको सम्बन्ध सदियौदेखि प्रगाढ रहेको बताए । उनले यस्ता साँस्कृतिक कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई अझ घनिष्ट बनाउने उल्लेख गरे ।

त्यस्तै विश्व कम्युनिसियस सेन्टर चीनका चिफ (प्रमुख) प्रोफेसर चोङ्गले बुद्ध जन्मस्थल लुम्बिनीमा दुवै देशको साँस्कृतिक आदानप्रदानले नेपाल र चीनबीचको सम्बन्धमा थप ईट्टा थप्ने काम भएको भन्दै खुसी व्यक्त गरे । उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उल्लेख गरे ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, नेपाल चीन मैत्री समाज लुम्बिनीका उपाध्यक्ष गोविन्द प्रसाद रेग्मी, प्याब्सन रुपन्देहीका पूर्वअध्यक्ष लेखनाथ पौडेल लगायतले नेपाल र चीनको सम्बन्धमा बारेमा बोलेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation