देशकै उत्कृष्ट बन्यो रुपन्देही प्रशासन, नागरिकमा उत्साह

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट प्रशासन बन्दै कार्यसम्पादनमा पहिलो बनेको छ ।

गृह मन्त्रालयले तोकेको मापदण्ड अनुसारको काम सजह तथा सफल तरिकाले सम्पादन गर्दै उत्कृष्ट कार्य सम्पादनका आधारमा रुपन्देही प्रशासन पहिलो बनेको हो । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबिच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा रुपन्देही प्रथम भएको गृह मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०८००८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ७७ जिल्लामध्ये रुपन्देही प्रशासनले ९८ अंक ल्याएको थियो ।

२०८० साउन पहिलो हप्ता गृह सचिव र प्रमुख जिल्ला अधिकारी वीचको कार्य सम्पादन सम्झौता अनुसार भएको मुल्याङनमा रुपन्देही प्रशासन पहिलो पटक देशभरमा पहिलो बनेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सुचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रुपन्देही प्रशासनको नेतृत्व सम्हाले पछि कार्यसम्पादन चुस्त बनेको थियो भने नागरिकमा सकारात्मक उत्साह छाएको थियो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सार्वजनिक जग्गा शंरक्षण गर्ने देखि लिएर बिदेशी जेलमा रहेका नेपाली नागरिकको जिवन रक्षा गर्ने सम्मको महान कार्य गरेका थिए ।

प्रजिअ अर्यालले आफु कार्यालयमा हाजिर भएको केहि समयमै गौतमबुद्ध अन्तराष्ट्रिय बिमान स्थलको रन वे अतिक्रमण गरेको सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता ल्याएर जनताको मन जित्न सफल भएका थिए ।

जिल्ला प्रशासन कार्यालयमा अडियो नोटिस बोर्ड लागू, सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण, भारतीय पर्यटकको आवागमनलाई सहजीकरण गर्न सीमा क्षेत्रमा एकीकृत चेकजाँच बिन्दु सञ्चालन तथा साउदी अरबमा मृत्युदण्ड पाएका जनकपुरका रामाशिस यादवको जीवन रक्षाका लागि ब्लड मनी जुटाउनेसम्मका कार्यको नेतृत्व प्रजिअ अर्यालले गरेका थिए ।

उनको यो कार्यले रुपन्देहीका आम नागरिकमा कर्मचारी प्रशासनमाथि देखिएको निराशालाई कमी ल्याएको थियो । प्रशासकले चाहेमा नागरिकसंग हातेमालो गरेर उत्कृष्ट काम गर्न सक्ने उदाहरणिय पात्रको रुपमा रुपन्देहीका प्रजिअ अर्याललाई धेरैले उदाहरणको रुपमा लिने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation