पक्राउ परेका ज्योतिष खतिवडाविरुद्ध साइबर अपराधको मुद्दा दायर

काठमाडौं साउन ३०। नेताहरूको मृत्युको कामना गर्दै यमराजको पूजा गरेको आरोपमा पक्राउ परेका ज्योतिष पुष्कर खतिवडाविरुद्ध अभियोग पत्र दायर भएको छ।

काठमाडौं जिल्ला अदालतमा साइबर अपराधको कसुर गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको छ। उनी साउन १४ गते पूजा गर्दैगर्दा पक्राउ परेका थिए।

झापाको बुद्धशान्तिका २९ वर्षीय खतिवडा पण्डित पनि हुन्। प्रहरीले धुम्बाराहीस्थित आफू बस्ने घरमा नेताहरूको फोटो राखी यज्ञ गरेर जलाएको अवस्थामा उनी पक्राउ परेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation