मन्त्रालयमा असन्तुष्टि जनाउँदै दीपक मनाङेले दिए राजीनामा

पोखरा । मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वन तथा वातावरणमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन् । स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई राजीनामा पठाएको मनाङेले नेपाल प्रेसलाई जानकारी दिए ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रहेका मनाङेलाई परिवर्तन गरी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, जुनियरलाई दिने मन्त्रालय भन्दै उनले मुख्यमन्त्रीसँग असन्तुष्टि जनाएका थिए । आज एमालेका मन्त्रीहरूको शपथ समारोहबाट उनी बाहिर निस्किएका थिए ।

मनाङेले वन मन्त्रालय मनाङबाट निर्वाचित सांसद मुनिन्द्रजंग गुरूङलाई दिन माग गरेको उल्लेख बताए ।

‘मैले त हिजै लिँदैन भनेको हुँ । यिनीहरूले मेरो नाम राखिदिएछन् । तल्लो मनाङको भाइ (मुनिन्द्रजंग गुरुङ) लाई मन्त्री देऊ भनेको हुँ’, उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation