माओवादी निकट शिक्षक संगठनको प्रथम जिल्ला परिषद् सम्पन्न

सैनामैना । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम जिल्ला परिषद सम्पन्न भएको छ । रुपन्देहीको भैरहवामा आयोजित एक भव्य जिल्ला परिषद कार्यक्रममा नेकपा माओवदी केन्द्र अध्यक्ष सुदर्शन बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुदर्शन बरालले नेकपा माओवादी केन्द्र अहिले संसदिय अंकगणितमा कमजोर देखिएतापनि जनताको सवाल र देशको हितको निम्ती प्रमुख शक्ति रहेको हुनाले शैक्षिक वर्ग र खास गरी शिक्षकहरुले पाटीले गर्न खोजेको जनप्रिय कार्यहरुको खुलेर प्रचार गर्न कुनै हिचकिचावट गर्न नहुने बताउनु भएको छ । यस्तै कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितीका परिष्ठ उपाध्यक्ष मान बहादुर पाण्डेले अब वौद्धिक वर्ग खुलेर माओवादीको पक्षमा ओकालत गर्नुपर्ने बेला आइसकेको बताएका छन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक निर्मल जि.सी, जिल्ला अध्यक्ष रोमनाथ न्यौपानेको अध्यक्षता र प्रमुख अतिथि नेकपा माओवादी केन्द्र का नेता लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन वराल ,बिशिस्ट अतिथि UANTO केन्द्रीय समिति का बरिष्ठ उपाध्यक्ष मान बहादुर पाण्डे, शिक्षक नेता गंगालाल प्रधान ,फ्याक्सन इन्चार्ज हरि प्रसाद घिमिरे, नेता बृहस्पति शुक्ला,नेपाल शिक्षक महासंघ सह अध्यक्ष धना थापा प्रदेशका नेताहरु,नेता मुवारक अली जिल्ला समन्वयका नेताहरु, जिल्ला सल्लाहकार पालिका अध्यक्ष तथा प्रधिनिहरु शिक्षक मित्रहरुको बृहत् उपस्थितिमा र जिल्ला सचिव गंगा महत पाण्डेको संचालन, उपाध्यक्ष शिव नारायण मालीको स्वागत मन्तब्य कार्यक्रमका अध्यक्ष रोमनाथ न्यौपानेले परिषद ले गरेका निर्णय सहित समापन गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation