भारतबाट आएको ट्रकमा १ करोड ९ लाख भारतीय रुपैयाँ प्रहरीले बरामद गर्याे

विराटनगर, २३ वैशाख । भारतबाट आएको ट्रकमा प्रहरीले १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । ट्रकलाइ सशस्त्र प्रहरी ले चेक जाँच गर्ने त्याे रकम बरामद गरेकाे हाे ।

विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको हो । रकमसँगै ट्रकका चालक र सहचालक पक्राउ परेका सशस्त्र प्रहरी बलका एसपी नेत्रबहादुर कार्कीले जानकारी दिए ।

रित्तो ट्रकको पछाडि बोरामा बेरेर कार्टुनमा हाली रकम ल्याएको सशस्त्र प्रहरीले जनाएको छ । रकम कसले के प्रयोजनका लागि ल्याएको हो भन्ने खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ । अनलाइनखबर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation