एक व्यक्ति : एक मुख्य जिम्मेवारी’ को मुद्दा सशक्त पार्ने नेताहरुको तयारी

नेकपा विवाद : सचिवालयमा टरेको ‘खड्गो’ स्थायी समितिमा चर्किने संकेत !

काठमाडौँ । पछिल्लो सचिवालय बैठकमा सरकार र पार्टी सञ्चालनमा भएका कमजोरी सच्याउँदै अबदेखि गल्ती नगर्ने नेतृत्वको प्रतिबद्धतापछि तत्कालका लागि टरेको सत्तारुढ दल नेकपाभित्रको संकटको स्थायी समाधान खोज्न नेताहरु गृहकार्यमा जुटेका छन् । 

त्यसका लागि अध्यक्षद्वय केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल लगायतका सचिवालय सदस्यहरु गृहकार्यमा जुटेका हुुन् । 

सोमबार भएको दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको भेटवार्तापछि स्थायी समितिमा पेश गर्ने प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले पाएका छन् । प्रस्ताव तयार गर्नुअघि प्रचण्डले मङ्गलबार अध्यक्ष ओली र  सोमबार वरिष्ठ नेता माधवकुमार नेपालसहितका केही सचिवालय सदस्यहरुसँग परामर्श गरेका थिए । प्रचण्ड र पौडेलले तयार पारेको प्रस्तावमाथि बुधबार ३ बजे बस्ने सचिवालय बैठकमा छलफल हुनेछ । यसअघि ओलीले मंगलबारै प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालसँग पनि प्रस्ताव र रणनीतिबारे परामर्श गरेका छन् ।  #रातोपाटि

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation