सैनामैना, अषार ८ । सैनामैनाका विभिन्न वडामा नदिजन्य र माटोजन्य पदार्थको चोरी निकासी भइरहेको पाइएको छ ।
सैनामैनाका विभिन्न वडाहरुमा नदीजन्य तथा माटोजन्य पदार्थ तस्करहरूले सेटिङ मिलाएर पछिल्लो एक महिना तस्कारीलाई तीव्र पारेको सरोकारवालाको गुनासो छ ।
यसरी नदीजन्य पदार्थको अवैध उत्खनन र तस्कारी भइरहे पनि अनुगमनकारी निकाय भने मौन देखिएको छ ।
पछिल्लो समय सैनामैनामा तस्करी बढिरहेको छ । नदिजन्य पदार्थको निकासी होस या माटोजन्य खुले आम तस्करी हुँदा न त नगरपालिकालाइ चासो छ न त प्रहरी प्रशासनलाई बरु उल्टै तस्करी भयो भनेर प्रहरीलाई सूचना दिने ब्यक्तिको फेहरिस्त प्रहरिले तस्करलाई नै उपलब्ध गराएको पाईएको छ । प्रहरिलाई खबर गरेको केही मिनेटमै अबैध उत्खननकारि भाग्ने गरेका छन । यसले प्रहरिको सोझै मिलेमतोमा यस्तो भएको देखाउछ ।
आज अषार ८ गते सैनामैना नगरपालिका वडा नबर ८ को बासगढिबाट १ वटा जेसिबी र ४ वटा टिप्परले नगरपालिकाको अनुमतिबिना सैनामैनाकै एक ईट्टा उध्योगलाई माटो तस्करी गरिरहेको जानकारी दिएको १० मिनेटमै उत्खनन स्थलबाट भगेका थिए ।
बिगत केही महिना अगाडी सैनामैना ९ मा १२ लाख बराबरको बजेटमा अबैध धन्दा भयो सैनामैना नगरपालिकालाई जानकारी गराउदा झारा टारेझै गरेर उत्खनन स्थलमा नपुगी फर्किए ।
केही दिन अघि सैनामैना ७ मा पनि तेस्तै माटो तस्करी गरि बुद्दनगरमा रहेको एक ईट्टा उध्योगलाइ बेचियो । अस्ति मात्र सैनामैना ९ को गैरे पेट्रोल पम्प अगाडि लुकिछिपी राखिएको अबैध डम्पिङलाई लागे पुगे सम्म सबै निकाएको संरक्षणमा बैध बनाउने प्रयासमा प्रहरी तस्करी स्थलमा पुगेन । बरु स्थानिएले व्यापक आलोचना गरेपछी नगरपालिकाले अबैध भएको ठहर गरि जरिवाना सहित राजस्व बुझाउन भन्यो ।
हिजो मात्र वडा नम्बर ९ को हवला दिदै अबैध माटो उत्खनन गरियो त्यो कानुनत वडा अध्यक्षले गरेको गल्ती हो । जनप्रतिनिधि नै किन अबैध धन्दाको अगाडि नतमस्तक छन । तस्करिको नाङो नाच इप्रका झालझन्डिकै मिलेमतोमा कति नच्न सकेको हो, नगरपालिका तेसको संरक्षण गर्न तल्लिन छ । प्रहरी प्रसासनको त कुरै छाडौ । सैनामैना नगरपालिकाले गौरबको आयोजनाका नाममा कौडिको भाउमा नदिजन्य पदार्थ दिई करोडौं राजस्व घाटा ब्योहोरेको छ । तस्करिका अगाडि नगरपालिका नतमस्तक छ । प्रहरी प्रसासनको सक्रियता कमजोर देखिँदा तस्करीले मन्टो उठाएका छन ।
के बिधिको सासनमा यस्तै हुन्छ ?











