१३ लाख बढिको स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

तौलिहवा, २५ बैशाख
कोरोना संक्रमणको त्रासका बिच स्वास्थ्य सेवा प्रवाहमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गरि स्वास्थ्य कार्यालय कपिलवस्तुलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । कालिका स्वावलम्बन सामाजिक केन्द्र र फेयरमेड फाउण्डेसन नेपालको साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजना अन्र्तगत कोरोना कभिड –१९ को संक्रमण रोकथाम तथा तयारीका लागी व्यक्तिगत र संक्रमण रोकथाममा सहयोगी हुने स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । कोभिड –१९ को संक्रमण न्युनिकरणमा सहयोग पु¥याउने उद्धेश्यका साथ कालिकाकी अध्यक्ष अन्जु शर्मा, फेयरमेडका परियोजना संयोजक शसीलाल कर्ण सहितको टोलीले स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र भगतलाई ३ लाख ६५ हजार ९ सय ५० मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ्य कार्यालय कपिलवस्तुलाई हस्तान्तरण गरिएको सामाग्रीमा पिपीई गाउन ३५ सेट, एन ९५ माक्स ९० थान, हेन्ड सेनिटाईजर ४ सय पिस, आईआर थर्मामिटर २० वटा सगै चश्मा, ग्लोब्स, सर्जिकल माक्स लगायतका स्वास्थ्य सामाग्री रहेका छन । जोखिमका बिच काम गर्दै आएका स्वास्थ्यकर्मीको सुरक्षाका लागी हस्तान्तरित सामाग्री सहयोगीसिद्ध हुने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र भगतले बिश्वास व्यक्त गरे । परियोजना अन्र्तगत करिब ५ लाख ८५ हजार मुल्यका सोही प्रकृतीका सामाग्री प्रदेश ५ को स्वास्थ्य निर्देशनालय बुटवल अन्र्तगतको प्रदेश स्वास्थ्य आपुर्ति केन्द्रलाई हस्तान्तरण गरिएको छ । केन्द्रका निर्देशक दिनेश चापागाईलाई साझेदार संस्था फेयरमेडका बिपीन थापा र कालिकाका किरण श्रेष्ठले सो सामाग्री हस्तान्तरण गरेका थिए । परियोजना अन्र्तगत स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरीलाई १ लाख ७९ हजार ४ सय २२ रुपैया बराबरको स्वास्थ्य सुरक्षा सामाग्री संस्थाका प्रतिनिधीहरु बिपीन थापा र किरण श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । परियोजना अन्र्तगत कोरोना रोकथाम र नियन्त्रणका लागी भन्दै पश्चिम नवलपरासीका स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकाललाई कालिकाका प्रतिनिधी श्याम थापाले १ लाख ७६ हजार ८८ रुपैया बराबरको स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको जनाईएको छ ।

फेयरमेडका परियोजना संयोजक शसीलाल कर्णले परियोजना सञ्चालित तिन जिल्ला र प्रदेश स्वास्थ्य निर्देशनालयलाई १३ लाख बढिको स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको बताए । “प्रदेश र जिल्लाका पालिकाको हेल्थ डेस्क, क्वारेन्टाईन सगै नमुना परिक्षणका समयमा यि सामाग्री सहयोगी हुनेमा बिश्वस्त छौ । हाम्रो सहयोग सानै भए पनि कोरोना संक्रमण नियन्त्रणमा सहयोगी हुने आशा लिएका छौ । ” संयोजक कर्णले भने । आफुहरुले आधारभुत स्वास्थ्य परियोजना अन्र्तगत हस्तान्तरण गरेको व्यक्तिगत सुरक्षा र संक्रमण रोकथामका लागी उपयोगी सामाग्रीले स्वास्थ्य सेवा प्रवाहका क्रममा हुन सक्ने जोखिम न्युनिकरणमा सहयोग पुर्याउने कालिका स्वावलम्बन सामाजिक केन्द्रकी अध्यक्ष अन्जु शर्माले बताईन । परियोजना अन्र्तगत लकडाडनको प्रारम्भिक चरणमा समेत कपिलवस्तुको तौलिहवा अस्पताल, रुपन्देहीको भिम अस्पताल सगै कपिलवस्तुका १० वटै पालिका तथा रुपन्देही र पश्चिम नवलपरासीका ४/४ पालिकाहरुमा संक्रमण रोकथामका लागी उपयोगी स्वास्थ्य सामाग्री प्रदान गरिएको शर्माले स्पष्ट पारिन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation