कपिलवस्तुमा ४ सय ५३ को स्वाब संकलन १ हजार १ सय बढिको र्यापिट टेष्ट


बैशाख २७, कपिलवस्तु
जिल्लामा हाल सम्म र्यापिड डाईनोष्टिक टेष्ट (आरडिटी) प्रबिधीबाट १ हजार १ सय १० जनाको परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याङ्क छ ।

त्यसै गरि पिसिआर बिधीबाट हाल सम्म ४ सय ५३ जनाको स्वाब संकलन गरि परिक्षणका लागी पठाईएकोमा १ सय ५८ जना नेगेटिभ र ५ जनाको पोजेटिभ रिपोर्ट आएको छ । पिसिआर प्रबिधीबाट हाल सम्म मायादेवी गाँउपालिकाका ६५ जना, माहाराजगंज नगरपालिकाका ४३ जना, शिवराज नगरपालिकामा ३७ जना, कृष्णनगर नगरपालिकामा १४ जना र तौलिहवा अस्पतालका ४ जनाको स्वाब परिक्षणको प्रतिबेदन आएको हो ।

त्यसै गरि शनिबार बुद्धभुमी नगरपालिकाका १ सय २५ जना, कपिलवस्तु नगरपालिकाका १ सय ३ जना र यशोधरा गाँउपालिकाको क्वारेन्टाईनमा रहेका ६२ जना गरि कुल २ सय ९० जनाको स्वाब संकलन गरि परिक्षणका लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाले बताए । हाल जिल्लामा पिसिआर बिधीबाट परिक्षण गरिने भिटिएम किट ३ सय किट पिस र स्वास्थ्यकर्मीले प्रयोग गर्ने ४० पिपीईसेट रहेको सम्पर्क व्यक्ति थापाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation