काेराेनाकाे केन्द्र बिन्दु बन्दै कपिलवस्तु खुल्ला सिमाना मुख्य चुनाैती, अलपत्र नागरिक उद्धार गरः अधिकारकर्मी

ताैलिहवा बैशाख २९
विश्वभर महामारीको रुपमा फैलिए रहेकाे कोरोना भाइरस काेिभड १९ नेपालमा पनि फैलनेक्रम तीव्र रूपमा रहेकाे छ । कपिलवस्तु जिल्लामा मात्र चार दिनकाे अवधिमा २१ जना संक्रमित भेटिएका छन् भने याे संख्या अझै बढ्न सक्ने देखिन्छ । यसरी कोरोनाको पछिल्लो केन्द्र विन्दु कपिलवस्तु र रूपन्देहीकाे दक्षिणी क्षेत्र बन्दै गएकाे छ । यस्काे मुख्य कारण भने भारतसंगकाे खुल्ला सिमाना रहकाे छ ।

कपिलवस्तुमा विहान भेटिएका १० जना मध्ये ८ जना यशोधराका थिए भने दुई जना बुद्धभूमिका थिए । सोमबार मात्र जिल्लामा १६ जना कोरानाका नयाँ संक्रमित थपिएका छन, यस अगाडि जिल्लाकै मायादेवी गाउँपालिकामा ४ जना र शुद्धोधन गाउँपालिकाका एक जनामा कोरोना देखिएको थियो । यसरी यसरी कपिलवस्तु जिल्लामा काेराेना संक्रमितकाे संख्या २१ पुगेकाे छ ।

कपिलवस्तुमा सोमबार साँझ थपिएका संक्रमितहरू कपिलवस्तुकाे यशोधरा गाउँपालिकाका र बुद्धभूमि नगरपालिकाका रहेका छन् । सोमबार साँझ संक्रमित पुष्टि भएका ६ जनामा यशोधराका ४ जना रहेका छन् । उनीहरु  वडा नं ५मा १ जना ,७ मा १ जना  र वडा नं ८को २ जना  रहेका छन् भने बुद्धभूमि नगरपालिका वडा नं. ७ साविक मानपुर गाविसका दुई जना रहेका छन् ।

यसै गरि रूपन्देही जिल्लामा पनि ६ जना काेराना संक्रमित थपिएका छन् । रूपन्देही जिल्लामा थपिएका ६ जना मध्ये समरीमाइ गाउँपालिका १ काे दुइ जना र वार्ड ४ का दुइ जना रहेका छन् भने लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड ६ का २ जना रहेका छन् । यस अघि पनि रूपन्देहीकाे काेटहीमाइ गाउँपालिकामा १ जना काेराना संक्रमित फेला परेका थिए यस संगै रूपन्देहीमा पनि काेराना संक्रमितकाे संख्या ७ पुगेकाे छ। यसैबीच रूपन्देही जिल्लामा पनि काेराेनाकाे उच्च जाेखिममा रहेकाे पत्रकार महासंघका प्रदेश सदस्य राम विकास चाैधरी बुझाइ छ । क्वारेटाइनटमा क्षमता भन्दा धेरै व्याक्ती राखिएकाे खुल्ला सिमाका कारणा लुकी छिपी मानिसहरू प्रबेश गर्नु र क्वारेन्टाइनमा लानु पुर्व केही व्याक्तीहरू घरमा पनि गएकाेले रूपन्देहीकाे दक्षिणी क्षेत्र उच्च जाेखिममा रहकाे उहाँ बताउनु हुन्छ।

दशगजामा अलपत्र परेका नागरिकहरुको व्यवस्थापन नहुनुले काेराेनाकाे जाेखिम बढेकाे अधिकारीकर्मी रविन्द्रनाथ ठाकुर र अधिवक्ता एंव अधिकारकर्मी शिव गाैडेलकाे बुझाइ छ। अधिकारकर्मी रवि ठाकुरले दशगजामा सयौं व्यक्ति अलपत्र पर्नु र दर्जनौं व्यक्ति रातारात सिमाबाट नेपाल प्रबेश गर्नुले कोरोनाको उच्च जोखिममा रहेको बताउनु हुन्छ । कोरोना जोखिम न्यूनिकरणका लागि प्रशासनले दशगजामा अलपत्र नागरिकको तत्काल व्यवस्थापन गर्नुपर्ने उहाँको भनाई छ । सिमानामा अलपत्र परेका अाफ्ना नागरिकलाइ उद्धा गर्नुकाे सट्टा स्थानिय सकारहरूले हाेल पनि केन्द्रकाे मुख ताकेर बस्नु संघीयताकाे मर्म विपरित भएकाे उहाँ बताउनु हुन्छ ।

अधिवक्ताः शिव गाैडेल

सिमामा अलपत्र नागरिककाे तत्काल उद्धार गर अधिकारकर्मी एंव अधिवक्ताः शिव गाैडेल

Posted by Ujyaalo Post on Monday, 11 May 2020

यसै गरि अधिकारकर्मी अधिवक्ता शिव गाैडेलले रूपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लकाे सिमा नाकामा अलपत्र परेका नागरिकहरूलाइ तत्काल नेपाल सरकारले उद्धार गर्नु पर्ने बताउनु हुन्छ् । उहाँ भन्नु हुन्छ ”दश गजामा अलपत्र परेका नागरिकहरूलाइ तत्काल स्वदेेशमा ल्याइ क्वारेन्टाइनमा राखेर स्वास्थय जाँच गरेर घज जाने वातावरण बनाउनु पर्छ ।” नागरिक अाफ्नाे मातृभूमी अाउन नपाउनु र खुल्ला अाकाशमुनी बस्न बाध्य पारिनु मानव अधिकारकाे उल्लघन भएकाे उहाँकाे ठहर छ ।

यसै गरि मानव अधिकार एलाइस्नका केन्द्रिय उपाध्यक्ष पाेम नारायाण पाैडेलले सिमा क्षेत्र परेका नागिकहरूकाे बिजाेग अवस्थार र मापदण्ड बिपरित क्वारेन्टाइन संचालनले यस क्षेत्रमा ठूलाे दुर्घटना निम्ताउन सक्ने बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ क्वारेटाइन बनाउनै पर्छ भन्ने छैन यति धेरै हाेटलहरू छन् उनिहरूसंग समन्वय गरेर अलपत्र नागरिकहरूलाइ क्वारेन्टाइन व्यवस्थापन गरिने खर्चमा हाेटलमै राख्न सकिन्छ ।

यता प्रमुख जिल्ला अधिकारी दिर्घनारायाण पाैडेलले सिमाना अलपत्र परेका नागरिहरूबारे गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयले भारतिय पक्षहरूसंग छलफल गरिरहेकाे र माथिबाट कुनै निर्णय नहुदै केही गर्न नसकिनेबताउनु भएकाे छ । कपिलवस्तु र रूपन्देही जिल्लाकाे सिमा क्षेत्रमा मात्र ४ हजार भन्दा धेरै नागरिकहरू अलपत्र परेका छन् ।

याे पनि पढ्नुहाेस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation