क्वारेन्टाइनमा रहेका महिलाहरुलाई मर्यादा किट वितरण

बैशाख ३० तौलिहवा
कपिलवस्तु जिल्लाका बिभिन्न पालिकाहरुको क्वारेन्टाइनमा राखिएका महिलाहरुलाई मर्याद किट वितरण गरिएको छ ।
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका, महाराजगंज नगरपालिका, वाणगंगा नगरपालिका न.पा., मायादेवी गाउँपालिका र शुद्धोधन गाँउपालिका १५ जना महिलाहरु तथा ६ जना किशोरीहरुलाई मर्यादा तथा किशोरी किट वितरण गरिएको छ । क्वारेन्टाइमा भएका महिला तथा किशोरीहरुको आत्मबल तथा मनोबल बलियो बनाउन साथै क्वारेन्टाइन महिला मैत्री बनाउने उद्देश्यले मार्यादा किट वितरण गरिएको युएनएफपिएका जिल्ला इन्जार्च चित्र महतोले बताउनु भयो । अाइतबार युएनएफपिए को आर्थिक सहयोग जिल्ला समन्वय समिति कपिलवस्तु तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा सो किट वितरण गरिएको यस कार्यक्रमका संयोजक जियाउल हकले बताउनु भयो ।
उक्त किटमा महिलाहरुको आवश्यक सामाग्री साडी, ब्लाउज, पेटीकोट, सेनेटरी प्याड, नुहाउने साबुन, टुथपेस्ट, ब्रस, काइयो, टर्च, लुगा धुने सरफ, सिटि, अन्डरवियर लगायतका सामाग्रीहरु सहित झोला दिईएको सिद्धार्थ सामाजिक विकास केन्द्रका पुर्व अध्यक्ष पोम नारायण पौडेलले जानकारी दिनुभयो । त्यसै गरी यस्तै प्रकारका किटहरु कपिलवस्तु जिल्लाका अन्य पालिकाहरुको क्वारेन्टाइन भएका महिला तथा किशोरीहरुलाई वितरण गर्ने जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले जानकारी गराउनुभयो ।
कोरोना भाइरस कोभिड १९ विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा कोरोना रोकथामका लागि नेपाल सरकारले लकडाउन घोषणा गरेको छ । कोरोना रोकथामका लागि संका लागे तथा भारत, तेश्रो मुलुक तथा जिल्ला बाहिरबाट आएका व्याक्तिहरुलाई स्थानिय तहमा निमार्ण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation