गरिब परिवारलाई ३० किलो चामल र तीन किलो दाल बाँड्न उच्च अदालत जनकपुरको आदेश

जनकपुरधाम, वैशाख ३० गते ।

उच्च अदालत जनकपुरले मापदण्ड पालना गर्दै राहत वितरण गर्न अन्तरिम आदेश जारी गरेको छ । सरकार तोकेको मापदण्ड विपरित राहत वितरण गरिएपछि अधिवक्ता भोगेन्द्र यादव र मानवअधिकारकर्मी बिनोद महराले दायर गरेको रिटमा उच्च अदालतले सो फैसला सुनाएको हो ।

लकडाउनबाट प्रभावित गरिब विपन्न तथा श्रमिक तथा असहाय वर्गलाई संघीय तथा प्रदेश सरकारले तोकेको मापदण्ड अनुसारको राहत वितरण नगरिएपछि अधिवक्ता यादव र मानवअधिकारकर्मी महराले रिट दायर गरेका थिए । रिटमाथि निवेदकको तर्फबाट अधिवक्ताद्वय विपिन कुमार झा र राजकुमार महासेठले बहस गरेका थिए।

रिटको सुनुवाइमा उच्च अदालत जनकपुरले १० वटा सरकारी कार्यालय सहित संघसंस्थालाई मापदण्ड विपरित राहत वितरण गर्नरगराउन अन्तरिमा आदेश जारी गरेको छ।

रिटमा प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय धनुषा, राष्ट्रिय मानव अधिकार आयोग प्रादेशिक कार्यालय जनकपुर, जनकपुरधाम उपमहानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो।

कोरोना नियन्त्रण, राहत वितरण सम्बन्धमा नेपाल सरकारले तय गरेको नीति निर्देशन र मापदण्ड बमोजिमको कार्य गर्न र गराउन उच्च अदालत नियमावली, २०७३ को नियम ९४२०१ बमोजिम विपक्षीहरुको नाममा आन्तरिम आदेश जारी गरेको छ।

कोरोना ९कोभिड–१९० फैलिन नदिन नेपाल सरकारले गरिब विपन्न श्रमिक वर्ग असहायहरुलाई चामल ३०, दाल ३, चिनी २ किलो, नुन ३ प्याकेट, साबुन ४ वटा, खाने तेल २ लिटर, लगायतको खाद्यान्न सामग्री उपलब्ध गराउन आन्तरिम आदेश जारी गरेको हो।

##टुडे पार्टी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation