कपिलवस्तुमा कोरोना बिशेष अस्पताल निमार्ण गरिने

जेष्ठ १, तौलिहवा
कोराना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गए पछि कपिलवस्तु जिल्लामा कोरोना बिशेष अस्पताल निमार्ण गर्नका लागि प्रदेश सरकारसंग बजेट माग गर्ने निर्णय भएको छ ।
पछिल्ला दिनमा कपिलवस्तु जिल्लामा कोरोना संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै जान थाले पछि बुधबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा बसेका जिल्ला सुरक्षा र विपत्त व्यवस्थापन समितिको बैठकले कपिलवस्तु जिल्लामा कोरोना बिशेष अस्पताल निमार्ण गर्ने निर्णय गरेको सोको लागि प्रदेश सरकार संग बजेट माग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायाण पौडेलले जानकारी दिनु भयो ।
तत्काल अस्पताल निमार्णका लागि प्रदेश ५ सरकार संग ७५ लाख रुपैया बजेट माग गर्ने निर्णय भएको उहाँले जानकारी दिनु भयो । प्रजिअ पौडेलका अनुसार तत्काल कोरोना बिशेष अस्पतालका लागि कपिलवस्तु बहुमुखी क्याम्पसलाई प्रमुख प्राथामिकतामा राखिएको छ अन्यत्र उपयुक्त स्थानमा पाएमा त्यही अस्पताल निमार्ण गरिने छ । कपिलवस्तु जिल्लामा बिहिबार बिहान सम्ममा ३९ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । निमार्ण गरिने कोरोना बिशेष अस्पताल कम्तिमा पनि ५० बेडको आईसुलेशन अस्पताल हुनेछ ।
यसै बिच कोरोना अस्पताल निमार्णको लागि आफुले मायादेवीको पकडी स्थित संचालनमा आउन तयारी भएको तैबा अस्पताललाई नि:शुल्क कोरोना उपचारको लागि आईलुशेन अस्पतालन बनाउन दिने नेपाल क्रिकेट टिमाका पुर्व खेलाडी ए‌व नेकपाका युवा नेता फैजल खाँनले बताउनु भएको छ । तौलिहवा चेम्बर अर्फ कमर्सका अध्यक्ष गोपी कृष्ण शर्माले तत्कालकाे लागि उक्त अस्पतालमा काेराेना बिशेष अस्पताल बनाउन सहज हुने भएकाे साे काे लागि आफुले पहल गरिरहेका बताउनु भएको छ । त्यस पछि कपिलवस्तु बहुमुखी क्याम्प्स लगायतका स्थानहरुमा अस्पताल बनाउनु पर्ने उहाँले बताउनु भयाे ।


कपिलवस्तुमा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ भने सुरक्षाकर्मी, स्वास्थ्यर्मीका साथै कृष्णनगर नगरपालिकाका एक कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation