कपिलवस्तुमा २ सय ५० वटा बेडकाे आईसोलेसन सेन्टर निर्माण गरिने, कपिलवस्तु बहुमुखी क्याम्पसमा क्वारेन्टाईन बनाइने

कपिलवस्तु जेष्ठ ३,

कोरोना संक्रमितको सख्या बढे पछि कपिलस्तुमा २ सय ५० बेडको आईसुलेन सेन्टर र २ सय बेडको क्वारेन्टाइन निर्माण गरिने भएकाे छ । जिल्लाकाका पाँच पालिकामा ५०/५० बेडको आईसोलेनशन सेन्टर तथा कपिलवस्तु बहुमुखी क्याम्पसमा दुई सय बेडको क्वारेन्टाईन निर्माण गरिने भएको हो ।

दुई दिन अघि प्रदेश सरकारले कपिलस्तु बहुमुखी क्याम्पसमा ५० बेडको आईसोलन बेड निर्माण गर्ने निर्णय गरेको थियो । तर स्थानीय स्तरबाट साेकाे बिरोध भए पछि अहिले त्यहा क्वारेनटईन मात्र निमण गरिने भएको हो । जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको बैठकमा प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद के‍‍सीको सहभागीतामा भएको बैठकले सो निर्णय गरेको हो । प्रजिअ दीर्घ नारायण पौडेलले संक्रमितको संख्या बढेसंगै तिनीहरुको उपचार तथा राख्न समस्या भए पछि प्रदेश सरकारको समन्वयमा सो निर्णय गरिएको बताउनु भयाे । मायोदेबी गाउपालिका – १ पकडी स्थित नेपाल क्रिकेट टिमाका पुर्व खेलाडी ए‌व नेकपाका युवा नेता फैजल खाँनकाे निर्माणधीन निजी अस्पताल, तैवा https://ujyaalopost.com/news/2917/ सोही पालिकोे वडा नम्बर ३ फुलिका स्थित सार्वजनिक घर, कपिलवस्तु नगरपालिका– ३ स्थित महिला तथा बालबालिका कार्यालयको भवन, शिवराज नगरपालिको नलकुप सिंचाई भवन, बिजयनगर गाउपालिकाको आयुर्बेद भवनमा ५०/५० बेडको आईसुलने सेन्टर निर्माण गरिेने छ ।

कपिलवस्तु नगरपालिका– ३ स्थित महिला तथा बालबालिका कार्यालयको भवनमा अहिले नगरपालिकासंग संझौता गरी लिडो नामक संस्था बसेको छ । सो संस्था संगकाे सम्झौता ताेडेर आईसोलन सेन्टर निर्माण गर्नै निर्णय भएकाे प्रजिअ पौडेलले बताउनु भयाे । काठमाण्डौमा रहेका संस्थाका अध्यक्ष तथा सांसद अतहर कमाल मुसलमानले आफुले तिन चार दिन देखी लगातार संघीय सरकार प्रदेश सरकारलाई कपिलवस्तुलाई वेवस्था गरेको भन्दै दवाव सृजना गरे पछि नियत बस आफ्नो कार्यालय हटाएर उक्त स्थानमा आईसुलेशसन बेड बनाउने निर्णय आएको अध्यक्ष बताउनु भयो। देश संकटको घडिमा रहेको बेला सर सल्लाह र सहमती गरेर जुनै पनि विकल्प निकाल्न सकिने, जिल्ला अस्पताल नजिकै रहेको कपिलवस्तु नगरपालिकाको अतिथी गृहलाइ पनि प्रयोग गर्न सकिने अवस्थामा प्रशासनले आफ्नो आफुलाइ जानकारी नगराइ उक्त निर्णय गरेको बताउनु भयो । प्रजिअ पाैडेलले भने उक्त कार्यालयलाइ व्यावस्थापन गरेर सहमतीमै आईसुलेशसन बेडकाे स्थापना गर्ने बताउनु भयाे ।

मन्त्री केसीले आईसोलेनशन सेन्टर र क्वारेन्टाइन निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयाे् । राष्ट्रिय बिपदको बेला सबैले आ– आफनो स्थानबाट सहयोग गर्नु पर्ने उहाँकाे धारणा थियाे । जिल्लाका १० पालिकामा संचालन गरिएको ६ हजार ८७५ बेडमा ६ हजार ७८७ जना रहेको प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा ४३ जा संक्रमति भेटिएका छन ।

याे पनि पढ्नुहाेस

https://ujyaalopost.com/state-5/2925/
https://ujyaalopost.com/news/2917/

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation