कपिलवस्तुमा किटकाे अभावमा काेराेना परिक्षणमा ढिलाइ

किटको अभावमा कपिलस्तुमा काेरोना परिक्षणमा ढिलाई १३ सय जनाको पि‍.सि.आर. परिक्षण रेड जोनमा परेको कपिलवस्तुमा किटको अभाव हुदा कोरोना परिक्षणमा ढिलाई भएको छ । किट अभाव हुँदा क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण हुन सकेको छैन । कपिलवस्तुमा प्रदेश नम्बर ५ मा सबै भन्दा बढी ४३ जना कोरोना संक्रमित भेटिएका छन ।

पिसिआर टेस्टका लागि भिटिएम किटबाट स्वाब संकलन गर्ने गरिन्छ । तर सिमित मात्रामा किट हुदा क्वारेन्टाईमा बसेका ८० प्रतिशत बढीको अझै स्बाव संकलनमा ढिलाई भएको स्वास्थ्य कार्यालकाय कोरोना सम्पर्क व्याक्ती कुमार थापाले बताए । यस्तै कोरोना संक्रमितको ट्राभल र कन्ट्रयाक्ट हिस्ट्रीबाट पहिचान भएका ब्यक्तिको समेत स्बाव सकलन समयमै हुन सकेको छैन । अहिले सम्म १ हजार ३४० भिटिएम किट प्राप्त भएको थापाले बताए । जस मध्ये १ हजार २३९ जनाको स्बाव टेस्ट भईसकेको छ । यशोधरा गाउपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले क्वारेन्टाईनमा १४ दिन बढी बिताएका मानिसहरु बढदै गएका छन तर किटको अभाव देखाउदै स्वाब सकलन नगरिदा धेरै समस्या आएको बताए ।

यशोधराका क्वारेन्टाईनमा ९ सय ८ जना छन । त्यसमध्ये आधा भन्दा बढीले १४ दिन बढी क्वारेन्टाईनमा बिताए पनि परिक्षण नहुदा आत्तिएको उनले बताए ।‘ जसातेतो थम्मथमाएर राखेका छौ, अब अरु ढिला गरे भने झन समस्या हुने देखिन्छ ’ उनले भने । क्वारेन्टाइनमा मान्छे थपिदै गए पनि परिक्षण नगरिदा समस्या जटिल बन्दै गएको उनले गुनासो गरे । यशोधरा गाउपालिामा १२ जना संक्रमित भेएिका छन । यस्तै ५ जनासंक्रमित भेटिएको मायादेबी गाउपालिमामा पनि किट अभावले परिक्षणमा ढिलाई भएको मायादेबी गाउपालिका स्वास्थय सांयोजक महेन्द्र यादवले बताए । ‘ क्वारेन्टाईनमा २० दिन बढी बसकेकाहरु समेत छन तर उनीहरुको अहिले सम्म परिक्षण हुन सकेको छैन’ उनले भने ‘ क्वारेन्टाईनमा बसेकाहरुोको गोठाला बस्न बाध्य छौ ’ । क्वारेनटाईनमा १४ बिताईसकेकाहरुले कि आफुहरुलाई परिक्षण गरियेोस नत्र घर जान दिईयोस भन्ने माग गरीरहेको यादवले बताए । परिक्षणा ढिलाई हुदा आफुहरु तनावमा परेका उनले गुनासो गरे । मायादेबी गाउपालिकामा ७८७ जना क्वारेन्टाईनमा छन । जिल्लाका लागि तत्काल १० हजार किट माग गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । पीसीआर परीक्षणका लागि १ हजार ३४० सय भीटीएम र आरडीटी किट १ हजार १ सय ६० प्राप्त भएको छ । किट अभावले परिक्षणमा समस्या आएको बताए । आरडीटी किट सकिएको छ । सामेवार सम्म सम्म एक हजार ३०३ जनाको पीसीआर परीक्षण गरिएको छ । किट अभाव हुँदा क्वारेन्टाइनमा बसेका ८० प्रतिशतभन्दा बढीको परीक्षण हुन सकेको छैन । जिल्लाका १० स्थानीय तहका क्वारेन्टाइनमा ७ हजार ८ जना रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation