महाराजगंजका संक्रमितहरुलाई आईसुलेड नगरिएको प्रति ध्यानाकर्षण, क्वारेन्टाइन र आईसुलेसनको तत्काल व्यवस्थापन गर्न अपिल

जेठ ९ कपिलवस्तु
कपिलवस्तु जिल्लामा क्वारेन्टाईनलाई वेवस्थित गराउन तथा तत्काल आईशुलेसन बेडहरुको स्थापना गर्न माग गर्दै मधेश मानव अधिकार गृह (माहुरी होम)ले अपिल जारी गरेको छ ।
संस्थाकाले कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिकाका संक्रमितहरू ४ बालिबालिका सहित ८ जनालाई ४५ घण्टासम्म पनि आइसोलेसनमा राख्न्न नसकेको अवस्थाप्रति संवेदनशील रहदै कोभिड १९ का बिरामीहरूको उपचारमा कुनै पनि प्रकारका ढिलाइ क्षम्य हुन नसकिने बताएको छ । त्यसका लागि तदारूकताका साथ योजना निर्माण र कार्यान्वयनका लागि संघिय तथा प्रदेश नं ५ को सरकारलाइ अपिल समेत जारी गरेको छ । अपिल माफर्त ४५ घन्टा सम्म महाराजगंज नगरपालिका वार्ड ९ मा रहेको तेनुवा मदरशामै संक्रमति व्याक्तिहरुलाई अन्य नागरिक संगै राखिएको, संक्रमितहरुलाई उचित खान पान, छुट्टै व्यवस्थापन नगरिएको प्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
साथै उक्त क्वारेन्टाईनमै संगै बसेका तर पहिला नतिजा नेगेटिभ आए पछी २९ जना व्याक्तिहरु क्वारेन्टाईन बाहिर हुंदा समेत सरोकारवालाहरुको खोजविन गरि क्वारेन्टाईन नर्गनु अत्यान्तै गैर जिम्मेवारी पन भएको बताइएको छ। अपिलमा संकटकोे घडिमा कपिलवस्तुका कोरोनाको उच्च जोखिम देखिएका क्षेत्र लगायत सम्पुर्ण कपिलवस्तु बासीहरुलाई हामी सतर्कताका साथ सुरक्षित रहन आग्रह गर्न भनिएको छ र आफुहरु प्रभावित क्षेत्रका जनाताको साथमा रहेको एंव शारिरिक दुरी कायम गर्दै लक्डडाउनको पुर्ण पालनाका आग्रह गरिएको छ ।
संस्थामा कार्यरत एक ्कर्मचारीमा कोरोना संक्रर्मण कोभिड १९ पुष्टि भएको र हाल निज संस्थामै आइसुलेड भएर बसेको समेत अपिल मार्फत जानकारी दिइएको छ । निजको सम्पर्क भएका सबैजना हाल सेल्फ क्वारेन्टाइनमा रहेको संस्थाका अध्यक्ष रविन्द्रनाथ ठाकुरले जानकारी दिनु भएको छ ।
कपिलवस्तु जिल्लामा निमार्ण गरिने भनिएका आईसोलेसन सेन्टर र क्वारेन्टाईनहरु तत्काल निमार्ण प्रदेश सरकार र स्थानिय सरकारहरु समक्ष आग्रह गर्दै त्यसका लागि तदारूकताका साथ योजना निर्माण र कार्यान्वयनका लागि संघिय, प्रदेश र स्थानिय सरकारलाइ अपिल जल्लाको अधिकांस पालिकाहरुमा २०÷२५ दिन नागरिकहरु क्वारेन्टाईनमा बस्दा पनि स्वाब संकलन र परिक्षण नभएको तत्काल स्वाब संकलन र परिक्षणका लागि सम्बन्धित सरोकारवालाहरूलाइ जिम्मेवार हुन आग्रह गरिएको छ ।
कोरोना महामारी बिरूद्वको लडाइ केवल सरकारी संयन्त्र, प्राविधिकहरूको मात्र जिम्मेवारी नभएर मानविय सेवामा समर्पित हुन समूदायका सबैलाइ परिचालन गर्ने अभियान संचालन गर्न ढिलो गर्न नहुने भन्दै यसका लागि कपिलवस्तु जिल्लामा समन्वय र नागरिक परिचालनका लागि सबै राजनीतिक दल, नागरिक समाजको प्रतिनिधित्व सहितको संयुक्त अभियान अविलम्व शुरू गर्न जिल्ला समन्वय समिती कपिलवस्तुलाई नेतृत्वदायी भूमिका निर्वाहका लागि अपिल मार्फत अनुरोध गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation