कोरोना कहरले सिर्जना गरेका नकारात्मक र सकारात्मक पक्षहरु

राजु भुसाल
कोरोना भाइरसको (Covid-19) वैज्ञिानिक नाम सार्स कोभ २ हो । विश्व स्वास्थ्य संगठनले चीनको वुहानबाट सुरु भएको कोरोना भाईरस संक्रमणलाई लिएर जनवरी ३० स्न् २०२० मा विश्वव्यापीरुपमा विश्व स्वास्थ्य संकटकालको घोषणा गरेको थियो । एकै समयमा कुनै रोग अनेकौ देशमा एकै पटक फैलिनुलाई महामारी भनिन्छ । विश्वमा कोरोना भाईरस मात्र महामारीको रुपमा मात्र आएको भने होइन् । बिगतमा पनि विश्व स्वास्थ्य संगठनले सन् २००९ मा स्वाइनफुलु ,सन् २०१४ मा पोलियो, सन् २०१४, २०१६ मा जिका र सन् २०१९मा इवोला संक्रमण गरी पाचँ पटक सम्म आपतकाल घोषणा गरेको थियो । विश्व स्वास्थय संगठनले नोभल कोरोना भाईरसको प्रकोपलाई विश्वव्यापी महामारी घोषणा गरेको छ ।
कोरोना भाईरसले अहिले विश्वव्यापी रुपमा डर,त्रास,भय,आंतक सिर्जना गरेको छ । मानिसहरुको दैनिक जनजीवनलाई कष्टकर,भयावह,अभाव,प्रभाव बाट ग्रसित तुल्याएको छ । मनो वैज्ञानिक तनाव सिर्जना गरी विश्वव्यापी रुपमा आत्मा हत्या गर्नेको संङ्गख्या दिनप्रति दिन बढदै गएको पाउँछौ । कोरोना भाइरसले आर्थिक क्षेत्रमा पनि ठूलो क्षति वा तसनहस पारेको छ, विश्वमा नै अर्थतन्त्रका परिसुंचकमा गिरावट आएको छ जसले फलस्वरुप बेरोजगारको दर दिनप्रति दिन आकाशीदै गएको छ धनि गरिब बिच असमानताको खाडल गहिरो बन्दै गएको पाउँछौ । बिकास निमार्णको क्रियाकलाप अस्तव्यस्त बन्दै, अलि अलि स्थानिय स्तरमा असारे बिकासको सुरुवात भए पनि त्यो दिगो, टिकाउपूर्ण हुन सक्कने अवस्था पनि छैन । पर्यटन व्यवसाय, होटल लज, रेष्टुरेन्ट, लगायतका व्यवसाय बन्द भएका छन् ।
सार्वजानिक सेवा प्रवाहमा प्रभाव परेको छ । दीर्घरोगी लगायतका अन्य रोगीहरुमा औषधी उपचार तथा बिरामीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । विद्यालय तथा विश्व विद्यालयको शैक्षिक क्यालेण्डर अवरोध सिर्जना भई विद्यार्थिहरु शारीरिक तथा मानासिक रुपमा पढाई प्रति ध्यान दिनुभन्दा पनि कोरोना कहिले सकिन्छ ? कहिले हामी विद्यालय जाने ? कहिले हाम्रो परीक्षा सञ्चालन हुने जस्ता प्रश्न बिद्यार्थीहरुले परिवार तथा अभिभावकलाई गर्ने गरेका छन् । तर सम्बन्धित निकायका पदाधिकारी सगँ यसको उत्तर वा जवाफ नभएको पाईन्छ ।
नेपालले सन् २०२० लाई पर्यटन बर्षको रुपमा मनाउने लक्ष्य लिएको थियो जसमा २० लाख पर्यटक नेपाल भित्रयाउने लक्ष्य तथा उदेश्य सहित पर्यटन क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गरी आवश्यक सेवा सुविधा पुर्याउने पूर्वाधारको बिकास भएको अवस्थामा कोभिड १९ ले पर्यटन व्यवासायका साथ साथै राष्टिय अर्थतन्त्रको मेरुदण्ड पर्यटन मा नै ठूलो क्षति पुगेको छ । नेपालको अर्थतन्त्रको सामाजिक आर्थिक शक्तिको रुपमा रहेको श्रम शक्तिले वैदेशिक रोजगारमा पनि प्रभाव परेको छ । जसले गर्दा लाखै लाख वैदोशिक रोजगारमा गएका नेपालीले रोजगार गुमाई स्वदेश फिर्ता हुने अवस्था आउँदैछ जसले गर्दा देशमा आर्थिक संकट, भोकमरी , हत्या, हिंसा, आंतक जस्ता सामाजिक तथा सांस्कृतिक विभेद वा विकृतिहरु देखा पर्ने निश्चित छ । कृषिमा सरकारले गर्ने औधोगिकरण,आधुनिकिकरण, विविधिकरण तथा व्यावसायिक कृषि उत्पादन गर्नका लागि आवश्यक अत्याधुनिक औजारको उपलब्धतमा कमि आएको छ । किसानका लागी सरल, सहज, सुविधा युक्त तरिकाले मल, बिउ, बिजन, उपलब्ध हुन नसकेको ,जलवायु परिर्वतन, विश्वव्यापी उष्णता, कार्वन उत्सर्जन लगायतका अवयवहरुले कृषि अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ ।
यो संसारमा जुनसुकै बिषयमा पनि नकारात्मक पक्षको साथ साथै सकारात्मक पक्षहरु पनि हुने गर्दछन् । जसमा कोरोना भाईरस कोभिट १९ को सकारात्मक पक्षहरु वतावरण स्वच्छ, सफा, सुन्दर, रमणीय र पवित्र भएको छ । ओजन तहमा रहेको प्वाल समेत पुरिएको तथ्य सार्वजनिक भएको छ। नेपाल जस्तो बिकासन्मुख देशमा आत्मनिर्भर हुनु पर्ने चेतनाको विकासमा समेत उजागर गरेको छ । विभिन्न उद्योग कलकारखाना पूर्णरुपमा बन्द हुदाँ कार्बन उत्सर्जनमा कमि आएको छ । मानव जाति अब आफ्नो हित र व्यक्तिगत स्वार्थ भन्दा माथि उठी प्रकृति प्रेमी हुनुपर्ने, पृथ्वी हामी सबैको साझा घर हो भन्ने सन्देश प्रवाह गरेको छ । वातावरण अनुकृलित विकास निमार्णका क्रियाकलाप संञ्चालन गर्नुपर्ने, वातावरणमैत्री गतिविधि संञ्चालन गर्ने चेतना दिएको छ । कोरोनाको कहरको कारण पर्वीय दर्शनमा आधारित स्वागतको लागि अपनाइने नमस्कारको चर्चा हुनुको साथै पुर्वीय दर्शनको विश्वव्यापी चर्चा भएको छ । २१ औँ शताब्दीको महान उपलब्धि सुचना प्रविधिको उच्चतम उपयोग भएको छ । जस्तै ९अनलाइन कक्षा संञ्चालन भिडियो कनफ्रेन्स, जुम मिटिङ्ग आदि ।०
विश्वका विकसित राष्टहरुलाई नै चुनौती दिदै आणबिक तथा परमाणविक युद्धको तयारी अवस्थामा रहेका सम्पूर्ण शक्ति राष्टलाई एउटा जैविक भाइरसले विकराल अवस्था सिर्जना गरेको छ । कोरोना भाइरस सगँ लडन वा प्रतिरक्षा गर्नका लागि चिकित्सा पद्धति सहित सुरक्षाका उपाय अपनाउनु पर्ने, साबुनपानिले राम्रो सगँ हात धुनु पर्ने ,सामाजिक तथा भौतिक दुरी कायम गर्नुपर्ने, खानपानमा विशेष ध्यान दिनु पर्ने,शारीरिक व्यायम ,कसरत गर्नुपर्ने, घरमै सुरक्षित भई बस्नुपर्ने, सुरक्षाका उपायहरु रहेका छन्।
कोरोना कहरले आर्थिक संकट निम्ताएता पनि वातावरणमैत्री र प्रविधिको उच्चतम् प्रयोग गर्दै जल, जमिन, जङ्गल, जडीबुटी, जनशक्तिको तादाम्यता मिलाएर भौतिक पूर्वधार निमार्णका क्रियाकलाप संञ्चालन गर्ने शिक्षा दिएको छ । जब विधि पद्धति वा प्रणालीले कार्य गदैनन् तब मात्र प्रविधिले कार्य गर्दछ भन्ने चेतना कोरोना कहरले प्रवाह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation