डिभीको रिजल्ट आयो, यसरी हेर्नुहोस् ।

कपिलवस्तु , जेठ २४ – सन् २०२१ को अमेरिकन डाइभर्सिटी भिसा डिभी को नतिजा आज सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीट मार्फत आज जेठ २४ गते शनिबार नेपाली समयअनुसार राति ९ः४५ बजेपछि डिभी नतिजा सार्वजनिक हुने जानकारी दिएको थियो ।डिभीको नतिजा www.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिनेछ ।यदि नम्बर बिर्सेको खण्डमा पनि Forgot Confirmation Number मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ । गत मे ५ तारिकमा हुनुपर्ने डिभीको नतिजा कोरोना कहरका कारण एक महिनापछि जुन ६ मा सारिएको थियो । दूतावासले डिभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने दूतावासले जनाएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation