भरतपुर अस्पतालमा एक पुरुषको मृत्यु, कोरोना परीक्षण हुँदै

चितवनको भरतपुर अस्पतालमा एक युवकको मृत्यु भएको छ ।अस्पतालको आईसीयूमा वार्डमा उपचाररत माडी नगरपालिका ६ कल्याणपुरका २७ वर्षीय पुरुषको आज (शनिवार) विहान मृत्यु भएको बताइएको छ ।मृतक पुरुष ११ दिन अगाडि मात्र भारतबाट चितवनको माडी आएका थिए । ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रवार दिउँसो उनलाई भरतपुर अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।उपचारको क्रममा उनको मृत्यु भएपछि उनमा कोरोना भाइरसको संक्रमण थियो वा थिएर भन्ने कुरा पत्ता लगाउनको लागि उनको स्वाब परीक्षणका लागि पठाइएको श्रोतले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation