कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या १२ पुग्यो

काठमाडौं– नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।जेठ २१ गते मृत्यु भएका डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुषमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । दमका बिरामी उनी श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि सुर्खेत गएका थिए । सुर्खेतबाट फर्केका उनी जेठ १९ गतेसम्म जगदुल्लास्थित आफ्नै घरमा होम क्वारेन्टाइन बसेका थिए ।उनमा कोरोनाको लक्षण देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation