६ करोड भ्रष्टाचार गर्ने नासुका ४ वटी श्रीमति, घरमै थियो डिस्को

इटहरी घर भएका यातायात व्यवस्था कार्यालय इटहरी कोशीका लेखापाल सुरेश अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । लेखापाल अधिकारीसँग ३ करोड ७२ लाख ४४ हजार ७ सय ५५ रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको अख्तियारले जनाएको छ ।

इटहरीमा कार्यरत रहदा अधिकारी करोडौ रुपैयाँ चलखेल गर्ने नाईके थिए । अधिकारी २०५९ सालमा रोल्पाको तत्कालीन तेवाङ्ग गाविसको सचिवका रुपमा सरकारी सेवा प्रवेश गरेका थिए । अधिकारीले आफ्नी श्रीमती भन्दै ४ जना महिला दुर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी) सुस्मिता अधिकारी, सोममाया श्रेष्ठसहित सासू पुष्पकुमारी निरौला र मामा नाताका बलराम श्रेष्ठको नाममा सम्पत्ति खरिद गरी राखेको अख्तियारको छानबिनबाट खुलेको थियो ।

कुल सम्पत्तिमध्ये ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ बराबरको सम्पत्तिको मात्रै वैधानिक स्रोत देखिएको अख्तियारले जनाएको छ । अख्तियारले अधिकारीविरुद्ध दर्ता गरेको मुद्दामा उनकी श्रीमती अधिकारी, दिपा श्रेष्ठ (अधिकारी) सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठसहित सासू पुष्पकुमारी निरौला र मामा नाताका बलराम श्रेष्ठलाई समेत विपक्षी बनाएको छ ।

यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीले अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

को हुन नाईके लेखापाल ?

लेखापाल अधिकारी २०५९ असोज १६ देखि २०६० जेठ २५ गतेसम्म रोल्पाको साविक तेवाङ गाविसका सचिव रुपमा काम गरेका थिए।
त्यसपछि २०६० जेठ २६ गतेदेखि २०६५ चैत २९ गतेसम्म नेपाल टेलिकमको सहायकस्तर तह ४ मा कार्यरत रहेका थिए । टेलिकममा सेवा गरिसकेपछि २०६५ चैत ३० मा निजामती सेवाको लेखापाल पदमा अधिकारीले नयाँ नियुक्ति लिएका थिए ।

त्यसबेला कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुर हुँदै मिति २०६७ चैत २० गते २०७४ वैशाख ६ गतेसम्म सम्म यातायात व्यवस्था कार्यालय, इटहरीमा लेखापालको पदमा कार्यरत थिए।

सोही बेला २०७४ वैशाख ६ मा उनी निलम्बनमासमेत परेका थिए। उनले जागिर खाएको अवधि २०५९ असोज १६ देखि २०७५ वैशाख मसान्तसम्मको आयव्यय तथा सिर्जित सम्पत्तिहरुमाथि अख्तियारले अनुसन्धान गरेको थियो।

उनले पाउने तलबभत्ता, प्रोत्साहन भत्ता, जग्गा बिक्री¸ नगद अंश भर्पाई, कर्जालगायतबाट कुल ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आम्दानी हुन आउँछ।

तर उनले सोही अवधिमा आफू र श्रीमतीहरु दुर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी)¸ सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठलगायत सासू पुष्पकुमारी निरौला र मामा नाता पर्ने बलराम शर्मासमेतका नाममा सम्पत्ति राखेका थिए।

उक्त चलअचल सम्पत्तिहरु जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दातलगायत गरी ५ करोड ९८ लाख ६८ हजार ५ सय ८ रुपैयाँ आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ। उनको वैध आम्दानी जम्मा ८८ लाख ३४ हजार ८सय ८५ देखिएको तर ५ करोड १० लाख ३३ हजार ६ सय ३३ रुपैयाँ अकुत सम्पत्ति कमाएको देखिएको अख्तियारले जनाएको थियो त्यती बेला ।

-संचारपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation