कोरोना ल्याव स्थापनाकाे लागि सहयाेगी हात जुट्दै, समाजसेवी पौडेलद्धारा एक लाख प्रदान

ताैलिहवा– प्रदेश नम्बर ५ र जिल्लाको १० पालिकाको संयुक्त लगानीमा कोरोनाको परिक्षणकालागि तौलिहवामा संचालनको तयारी गरीएको प्रयोगशाला निर्माणकालागि तौलिहवाका एक समाजसेबीले बिहीवार एक लाख रुपैया प्रदान गर्नु भएकाे छ ।
कोरोनाको प्रयोगशाला संचालनमा आउने खबरले निकै खुशी हुनु भएकी तत्कालीन महिला तथा बालबालिका कार्यालयका पुर्व अधिकृत उमा पाैडेलले बिहीवार प्रजिअ दीर्घ नारायण पाैडेललाइ सो रकम हस्तान्तरण गर्नु भएकाे हाे । कोरोनाको रेड जोन जिल्लामा सुचीकृत कपिलस्तुको तौलिहवामा कोरोनाको प्रयोगशाला संचालन गर्न लागेको खबरले आफु निकै खुशी भएकाे उहाँले बताउनु भयाे ।
तौलिहवाको आनन्दबाग घर भइ, ब्रम्हकुमारी ईश्वरीय ब्रिश्व बिद्यालयकी सदस्य समेत रहेकी पाैडेलले कोरोनको महामारीबाट बिश्वले चाडै उन्मुक्ती पाओस भन्ने कामना समेत गर्नु भएकाे छ । प्रदेश र जिल्लाको १० पालिकाको संयुक्त लागनीमा संचालनमा आउन लागेका कारोना प्रयोगशालाको निर्माण तयारीलाई तीब्र पारिएको छ । प्रदेश सरकरको ५० लाख र जिल्लाका १० पालिकाको ६० लाख गरी कुल एक करोड १० लाखको लगानीमा प्रयोगशाला निर्माण थालिएको हो । प्रयोगाशाला संचालनका फोकल पर्सन तथा कपिलवस्तु अस्पतालका मेसु डा. किशोर बन्जाडेले प्रयोगशाला संचालनको तयारीलाई तीब्र पारिएको बताउनु भएकाे छ ।
पिसिआर मेशिन खरिद, स्थान छनौट, प्रतिबेदन निर्माण लगायतका कार्यमा जुटेका उहाले बताउनु भयाे । ल्याव निर्माणकालागि चाहिने मेशीन सामाग्री, जनशक्ति स्थान छनौट लगायतका कुरा मिले भने एक महिना भित्र प्रयोगशाला संचालनमा आउने उहाँले बिश्वास ब्यक्त गर्नु भएकाे छ । ‘ एक महिना भित्रै प्रदेश नम्बर ५ कै नमुना प्रयोगशाला बनाउने गरी तैयारी अघि बढाएका छौ, त्यसकालागि आवश्यक रकम लागायतका कुरा जुटे भने सयममै निर्माण हुन्छ ’ स्थापना हुने ल्याबमा कोरोनामात्र नभई अन्य भाइरस पनि जाँच गर्न मिल्नेछ,’ अस्पतालको मेसु डा. बन्जाडेले भन्नु भयाे, ’हामीले जर्मनमा बनेको गुणस्तरीय मेसिन खरिद गर्ने योजना बनाइएका छौं।’ सुरक्षित बनाउन बि एस एल २ (बायो सेफ्टी लेभल २) को संरचनामा ल्याब निमार्ण हुने उनले बताए। लेभल २ को ल्याबमा ’अटो क्लेभ,’ ’सेफ्टी क्याबिनेट,’ भेन्टिलेसन कन्ट्रोललगायत सुविधा हुनेछन्।
प्रजिअ दीर्घ नारायण पौडेलले प्रयोगशाला निर्माणकालागि सूरुवात गरिएको बताउनु भयाे । प्रदेश ५ का तीन स्थानमा पिसिआर ल्याब सञ्चालित छन्।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation