नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु, संख्या २० पुग्यो

काठमाडौं –  नेपालमा थप एक जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिला रहेकी छन् । यससँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । उनको सोमबार राति कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो।  वडाध्यक्ष भद्रबहादुर बस्नेतका अनुसार  उनको मृत्यु हुनुअघि लिइएको स्वाब परीक्षणको रिपोर्ट मंगलबार बेलुका पोजेटिभ आएको हो । उनी दीर्घ रोगी भएको जनाइएको छ । उनको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation