रोकियो कन्ट्याक्ट ट्रेसिङ, कोरोनाको हट स्पट कपिलवस्तुमा साढे चार सय बढी संक्रमितको कन्टेयाक्ट ट्रसिङ नै भएन

ताैलिहवा- कोरोनाको केन्द्र बनेको कपिलवस्तुमा कोरोना संक्रमित पुष्टी भएकाहरुसंग संपर्कमा रहेको ब्यक्तिहरुको कन्टेयाक्टट ट्रेसिङ रोकिएको छ ।
अर्का तर्फ नयाँ निर्देशिका अनुसार लक्षण नदेखिएका संक्रमितलाई बिना पिसिआर जाँच घर पठाईने गरिएको छ । साथै संक्रमितसंग सपर्कमा आएका ब्यक्तिहरुको कन्टेयाक्ट ट्रसिङ समेत नहुदा गाँउ समाजमा कोरोना फैलने खतरा बढेको छ । जेठ पहिलो सातादेखि संक्रमण पुष्टि भएकालाई आइसोलेसनमा राख्नेबाहेक काम भएको छैन । स्थानीय तह क्वारेन्टाइनमा बसेकालाई घर पठाउने हतारोमा छन । कन्ट्याक्ट ट्रेसिङ लगायत जोखिम रोकथाममा चासो देखाईएको छैन । स्वास्थ्यकर्मीै अनुसार संक्रमित भएका ब्यक्रिहरुले पछिल्लो १० दिन भित्र संपर्कमा आएका ब्यक्तिहरुको पहिचान गरी त्यस्ता ब्यक्तिहरुको पनि परिक्ष्ण गर्नु पर्छ । तर जिल्लामा जेठ पहिलो साता पछि कन्टेयाक्ट ट्रसिङको काम रोकिएको छ । ‘संक्रमितहरुलाई धमाधम छाडिएकाृ छ, उनीहरुसंग सपर्कमा आएका ब्यक्तिको समेत पहिचान गरिएको छैन’ जिल्लामा सबै भन्दा बढी संक्रमित भेटिएका यशोधरा गाउपालिका वडा नम्बर ८ बासखोरमा अरुण कुमार सैनीले भने ‘ संक्रमित र उनीहरुसंग संपर्ममा आएका ब्यक्तिहरु निस्फर्की हिडीरहेको छन’ । ‘घर बाहिरै निस्कन डर लाग्छ संक्रमितसित घुलमिल भएका व्यक्ति पनि खुलेआम घुम्ने गरेका छन’ उनले भने । भारतबाट क्वारेन्टाइनमा बस्न आएकाहरू पहिले घरमै पुगे,’ उनले भने, ‘पछि क्वारेन्टाइनमा गएपछि कोरोना पोजिटिभ पाइयो । तर उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ नहुँदा गाउँ डुल्न डर लाग्छ ।’महाराजगन्ज नगरपालिका हर्दौनाका कृष्ण शंक मौर्यले गाउँमा भेटिएका ंक्रमितको कन्ट्याक्ट ट्रेसिङ नगरिएको बताए । ‘, ‘उनीहरूका परिवार गाउँमा हिँडडुल गरिरहेका छन् ।’ यसले संक्रमण फैलाउने चिन्ता बढेको उनले बताए । ‘घरबाहिर निस्कनै डर लाग्छ । तर सरोकारवालालाई भने मतलबै छैन,’ उनले भने । कोरोनाको हटस्पट मानिएको जिल्लामै ट्रेसिङ हुन नसकेको हो । यसमा कसैको ध्यान पुगेको देखिँदैन । मुलुकमै सबैभन्दा धेरै संक्रमित रहेको जिल्लामा कन्ट्याक्ट ट्रेसिङ नहुँदा यहाँको समुदाय चिन्तामा छ । सचेत र अगुवा नागरिक यसले नराम्रो अवस्था निम्त्याउन सक्ने भन्दै चिन्ता ब्यक्त गर्छन । जिल्लामा सबैभन्दा बढी १ सय ६८ संक्रमित रहेको यशोधरा गाउँपालिकामै कन्ट्याक्ट ट्रेसिङ गरिएन । पहिलोपटक वैशाख ३० मा यहाँ १२ जना संक्रमित भेटिएका थिए । उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्दा ५२ जना सम्पर्कमा आएको पाइयो । जसमध्ये २५ जना अनिरुद्ध पब्लिक माविको क्वारेन्टाइनमा सँगै बसेका थिए । बाँकी २७ जना समुदायमा पुगिसकेका थिए । ‘समुदायमा गएर उनीसँग भेटेर फर्म पनि भरेर ल्यायौैं,’ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ज्योतिप्रकाश दुबेले भने, ‘तर उनीहरूको स्वाब लिन सकेनौं ।’उनका अनुसार स्वाब संकलन गर्न भीटीएमको अभाव थियो । ‘क्वारेन्टाइनकै मान्छेको स्वाब लिन सक्ने अवस्था भएन । समुदायको कसरी लिने ?,’ उनले प्रश्न गरे । कन्ट्याक्ट ट्रेसिङमा आएका समुदायका व्यक्ति सम्पर्कमा आउन नचाहेको र आफूले पनि जोरजबरजस्ती नगरेको उनको भनाइ छ । ट्रेसिङकै लागि ‘बी वान फर्म’ भरेर अनुशिक्षण पनि दिइयो । दुई अहेब र एक जना अनमी राखेर ५ वटा समिति पनि बनाइयो तर काम हुन सकेन । समिति अहिले निष्क्रिय छ । ‘पहिले अगाडि जे समस्या आयो, त्यसको समाधानमा लाग्यौं,’ गाउँपालिका अध्यक्ष गिरजेशकुमार पाण्डेले भने, ‘जिल्ला, प्रदेश र मन्त्रालयबाट पनि ताकेता भएन ।’महाराजगन्ज नगरपालिकामा पनि कन्ट्याक्ट ट्रेसिङको काम हुन सकेन । यहाँ १ सय २३ संक्रमित छन् । यसकै लागि ३ वटा समिति गठन गरिएको छ । तर काम नभएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधेश्याम जयसवाल स्विकार्छन् । ‘यहाँ ३० वटा क्वारेन्टाइनमा १ हजार ५ सयसम्म मान्छे थिए,’ उनले भने, ‘तिनको व्यवस्थापन गर्दा ठिक्क भयो ।’संक्रमितको कन्ट्याक्ट ट्रेसिङ नहुँदा गाउँमा गाह्रो भइरहेको स्थानीय बिजय जैसवालले बताए । ‘उनीहरूलाई पीसीआर पनि नगरी छाडिएको छ,’ नरसिंहले भने, ‘उनीहरूलाई देख्दा आफू तर्कनुपर्ने अवस्था छ ।’ उनका अनुसार गाउँमा ‘आंक जस्तै अवस्था बनेको छ । ६७ संक्रमित रहेको मायादेवी गाउँपालिकामा पनि अन्य पालिकाको भन्दा सुदृढ अवस्था छैन ।
वैशाख २५ र २६ मा देखिएका ५ संक्रमितको कन्ट्याक्ट ट्रेसिङ हुँदा १० जना सम्पर्कमा आएको देखिएको थियो । उनीहरूको बाहेक कसैको पनि कन्ट्याक्ट ट्रेसिङ गरिएको छैन । जिल्लामै पहिलो संक्रमित त्यहीं देखिएपछि मन्त्रालयको पनि ध्यान गयो । टोली आयो । कन्ट्याक्ट ट्रेसिङ गर्न आग्रह र्गयो । ‘हामीले पनि हरेक वडामा ३र३ जना स्वास्थ्यकर्मीको टोली बनायौं,’ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख महेन्द्र ायदवले भने, ‘तर काम भने गर्न सकेका छैनौं ।’ संक्रमितहरू बढ्दै जाँदा सबैको ध्यान त्यतै गएको उनले बताए ।३३ संक्रमित भेटिएको कपिलवस्तु नगरपालिकामा एकघन्टे अनुशिक्षणबाहेक अन्य काम नभएको नगरका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताए । बजेट र जनशक्ति अभावमा अन्य काम हुन नसकेको उनले सुनाए । ३० जना संक्रमित रहेको विजयनगर गाउँपालिकाको अवस्था पनि उस्तै छ । भारतबाट आएका सबै जना सीधै क्वारेन्टाइनमा बसेकाले समुदायमा संक्रमण नभएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वाईपी अधिकारीले ठोकुवा नै गरे । उता जिल्ला स्वास्थ्य कार्यालयले पनि जिल्लामा भेटिएका ६ सय ४७ संक्रमति मध्ये म्स्किलले २ सय जनाको कन्टेयाक्ट ट्रसि« भएको जनाएको छ । स्वास्थ्य कार्यालकया कोरोना फोकल पर्सन कुमार थापाले पालिकाहरुमा गठीत टीम निस्कृत भएको र बढी संक्रमति भेटिएकाले पनि कन्टेयाक्ट ट्रसिङको काम हुन नसेको बताए । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने सघन रूपमा नभए पनि बिस्तारै ट्रेसिङ भइरहेको बताए । ‘क्वारेन्टाइन व्यवस्थापन, त्यहाँ बसेकाको स्वाब संकलन र परीक्षण गराउनुपर्दा धेरै समय गयो,’ उनले भने, ‘अब तीव्र गतिमा काम गर्छौं ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation