श्रीमानको निधन पछि माइतमा बसेकी सुस्मितालाइ बोलाएर ससुरा र नन्दले गरे हत्या

हेटौंडा उपमहानगरपालिका ४ सूर्य चोक नजिकै भएको ह त्या प्रकरणमा प्रहरीले मृतकका ससुरा र नन्दलाई पक्राउ गरेको छ । असार २ गते बिहान ७ बजे २२ वर्षीय सुस्मिता थापा आफ्नै घरको भान्सा कोठामा मृत फेला परेकी थिइन् ।अनुसन्धानका लागि थापाका ५८ वर्षीय ससुरा प्रकाश थापा र २३ वर्षीय नन्द सीता थापालाई ज्यान सम्बन्धी कसुर अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । प्रहरीले ससुरा र नन्दले ह त्या गरेको आंशकामा बिहीबार पक्राउ गरेको थियो । प्रहरीको प्रारम्भीक अनुसन्धानमा उनीहरुले नै ह त्या गरेको देखिएको एक प्रहरी अधिकृतले भने । सुस्मिताका पतिको ६ महिना अघि सवारी दुर्घटनामा निधन भएको थियो ।मकवानपुर प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। सुस्मिता थापाका ससुरा र नन्दको भूमिका शं कास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानका लागि बिहिबार उनीहरुलाई नियन्त्रणमा लिएको छ। घरमै रहेका ससुरा र नन्दले घटनाबारे थाहा नभएको बताएका थिए। तर सुस्मिताको श व भान्छामा अवस्थामा भेटिनुको आशंकामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी स्रोतले जनाएको छ।६ महिनाअघि मात्रै सवारी दुर्घटनामा उनका श्रीमानको निधन भएको थियोे। प्रहरी स्रोतका अनुसार मृतक थापाका श्रीमानको दुर्घटना बीमा र जीवन बीमाको ठूलो रकम सुस्मितालाई आउँदै थियो। उक्त रकमका लागि परिवारकै सदस्यहरूबाट घटना घटाइएको आशंका बलियो भएको छ यसै क्रममा घटनाको बारेमा आफ्नो दिदि बताउने सुष्म कार्कीले फेसबुकमा घटनाको बारेमा लेखेकी छन् । उनले लेखेको पोस्टमा भनेकी छन् सबैले मलाई के भयो के हो किन भन्नु भयो त्यहि भएर मैले यो पोस्ट गरेको छु । मेरो दिदीको बैसाखमा बिहे भएको थियो अनि भेनाजुको बाइकलाइ ट्रकले हा नेर उँहाको आसोजमा निधन भएको थियो । भेनाजुको निधन पछि दिदि माइतमै बस्नु भएको थियो त्यहि बेला लकडाउनमा ६ महिनाको बरखी छ तिमीले के के चढाउनु पर्ने छ, बत्ति पनि बाल्नु पर्छ भन्दै घरमा बोलाउनु भयो हेटौंडा अनि उंहा हेटौंडा जानु भएको थियो ।अस्ति मात्र किचनमा मरेको अवस्थामा ला स भेटियो सि’लौटाले टाउको पछाडीबाट हा नेर टा उको र एउटा आँखा फु टेको अवस्थामा भेटियो । दिदीको लासमा धेरै निलो डा महरु पनि भेटियो । के थाहा त्यहि नै उसको अन्तिम दिन हुन्छ भनेर । सबै नराम्रो उसैको साथ आखिर किन पहिला श्रीमानको निधन अनि अहिले उसलाई त ड्पाएर कसले मा र्यो ? त्यो ह त्यारालाई नि यसरि त ड्पाई त ड्पाई मार्नु पर्ने हे भगवान मान्छेहरु कति सम्मको पाई हुन् सक्छन नि । उसको ह त्यारालाई चाडै भन्दा चाडै पत्ता लागेर कडा कारवाही गरेर उसको आत्मालाई शान्ति दिन पर्छ ।रिपोर्टमा मा रेको भन्ने आइसकेको छ र त्यो गरेको नन्द दुइजना र ससुरालाइ पुलिसले पक्राउ गरेको छ । हे भगवान कसरि मा र्न सकु त्यसरी टा उको फु टाएर हाम्रो संका सहि निस्कियो आज हामी आज चुप लाग्ने हो भने भोलि कोहि बुहारी सुरक्षित् हुन सक्दैनन् । बोलाइ बोलाइ कसरि प्लान बनाएर मा रेउ तिमीहरुको के बिगारेको थियो र उसले । कसैको बिश्वास छैन मानवता भन्ने अब सकियो । उसको श्रीमानको निधन पछि कति बिजोग थियो थुक्क पापीहरु किन यस्तो गरेउ ? अहिलेको जमानामा पनि तिमीहरुले बुढा खाइस भनेर ट चर दिने अनि मा र्ने कहाँ सम्मको अपराध हो यो ?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation