काठमाडौँका १०९ सहित उपत्यकामा १३८ संक्रमित थपिए

काठमाडौँ उपत्यकामा आज पनि थप १३८ जना कोरोना संक्रमित भएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप १३८ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । नयाँ संक्रमितमा काठमाडौँका १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ४८४  जना संक्रमित थपिएको जानकारी दिएका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ६१३ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation