बुटवल- प्रदशे भित्र रहेका ५ वटा जिल्ला स्तरिय अस्पतालहरूलाइ स्तर उन्नति गरी ५० शैयाकाे अस्पताल बनाउने निर्णय गरेकाे छ । आज बसेको मन्त्री परिषदको वैठकको निर्णय अनुसार अनुसार हाल १५ शैयाको स्वीकृति पाई सन्चालनमा रहेको कपिलवस्तु अस्पताल, रुकुम पुर्व, रोल्पा, अर्घाखांची, पाल्पा र भीम अस्पताल भैरहवालाई ५० शैयाको अस्पतालको रुपमा स्तर उन्नतिको निर्णय गरेको हो । ६ वटालाई ५० वेडको स्विकृति प्रदान गरिएको प्रदेश नं. ५ का सामाजिक विकास समितिका सभापति दिर्घ नारायण पाण्डेयले बताए ।
साथै बैठकले कपिलवस्तु अस्पताल र भीम अस्पताल भैहवालाई ७१ जना र बांकी अन्य ४ जिल्ला स्तरीय अस्पतालहरुमा ६० जनाको दरवन्दी समेत स्वीकृत गरिएको सामाजिक विकास सभापति पाण्डेयले बताए ।