प्रस्तावित राजधानी भालुवाङ आसपासका जग्गा किनबेच र कित्ताकाटमा रोक

प्रदेश ५ को राजधानी दाङको भालुवाङका लागि प्रस्ताव गरिएपछि वरपरका जग्गामा कित्ताकाट तथा किनबेचमा रोक लगाइएको छ। प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मालपोत कार्यालय दाङ र अर्घाखाँचीलाई पत्राचार गर्दै भालुवाङ वरपरका जग्गा किनबेच र कित्ताकाटमा रोक्का गरिएको जानकारी गराइएको हो।
दाङको राप्ती गाउँपालिकाका पूरै भाग, गढवा गाउँपालिकाका वडा नम्बर १,२ र ३ का साथै अर्घाखाँचीको शितगंगा नगरपालिकाका वडा नम्बर ८ र ९ मा जग्गाको कित्ताकाट र किनबेचमा रोक्का लगाइएको जानकारी गराइएको हो।
दाङको भालुवाङलाई राजधानी र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा शुक्रबार पेस भएको छ। असोज १९ गते सो प्रस्तावको टुंगो लाग्नेछ। नेकपाको सरकार रहेको दुई तिहाई मत नेकपासँगै भएकाले सो प्रस्ताव सहजै पास हुने देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation