कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा एक युवकको शव फेला

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ घेराउजोतस्थित कोठी नदीमा एक युवकको शव फेला परेको छ। नदीको बीच भागमा रुपन्देही लुम्बिनी सांस्कृति नगरपालिका १ खुनगाइका जोगि यादवका १८ वर्षीय छोरा दिपक यादव मृत अवस्थामा फेला परेका हुन।
मृतक युवक गत असोज १८ गतेबाट बेपत्ता भएका थिए। मृतकको शव सडेगलेको अवस्थामा फेला परेको र मृतकका बुवाले कपडाको आधारमा शव पहिचान गरेको प्रहरी उपरिक्षक धर्मराज भन्डारीले बताए।
घटनास्थलमा कानुनी प्रक्रिया पुरा गरी शव पौस्टमर्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाईएको छ। घटनाको थप अनुसन्धान भई रहेको भण्डारीले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation