वाणगंगा नगरपालिकाको भलवाडमा बाल बिबाह न्युनिकरणका लागि सचेतना कार्यक्रम

ईलाका प्रहरी कार्यालय पिपराको आयोजना तथा वाणगंगा नगरपालिका वडा न.९ भलवाडको सहकार्यमा बाल बिबाह न्यूनिकरण सम्वन्धी सचेतना कार्यक्रम आज वाणगंगा नगरपालिका वडा नम्बर ९ को कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।
सम्पन्न भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी नायव निरीक्षक टुक बहादुर खत्रीले बाल विबाह हुनुमा गरिवी,जनचेतनाको कमि,सामाजिक संजालको दुरुपयोग,बैदेशिक रोजगारी लगाएतका कारणहरु रहेको बताउनुभयो । कानूनले बिबाह गर्न निर्धारण गरेको २० वर्ष भन्दा कम उमेरमा विवाह भएमा वाल बिबाह ठहर्ने र त्यसरी बिबाह गरेमा कसुर गर्ने व्यक्तिलाई ३ वर्ष कैद र ३० हजार जरीवाना हुने कानूनी व्यवस्था रहेको बारेमा पनि उहाँले सहभागिहरुलाई जानकारी गराउनु भएको छ ।
घरेलु हिंसा,शारीरिक तथा मानसिक रोग आदि समस्याहरुका कारण हुने बाल बिबाह सबैको समस्या रहेको बारेमा जोड दिइएको थियो ।
१५ दिने बालविवाह विरुद्धको सचेना अभियान अन्र्तगत आयोजना गरिउको सो कार्यक्रममा सरोकारवालाबाट सबै समस्याको हातेमालो गर्नुपर्नेमा पनि जोडि दिइएको छ । विहावारी २० वर्ष पारी, बाल बिबाह सामाजिक अपराध हो । जस्ता सचेतनामूलक नारा लेखिएका प्लेकार्डहरु सहभागिहरुले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष धुर्व वेल्वासेले निकट समयमा वडा न.९ भलवाड वालमैत्री वडा घोषणा हुने कार्यक्रम रहेकोले सबैले यस्ता समस्याहरुलाई वडाबाट निरुत्साहित गर्न सबैले आ—आफ्नो ठाउँबाट सहयोग पु¥याउन जोड दिनु भएको छ ।
कार्यक्रममा वडा वाल संजाल,वालक्लव,वालमैत्री समन्वय समिती,निगरानी समिती,टोल बिकास समितीको सहभागिता रहेको कार्यक्रमको सहजीकरण बाबुराम रायमाझीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation