कपिलवस्तु र सुनसरीमा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ इमिलियास्थित सडकमा रा.१ ख १६९३ नम्बरको टिपरले लु.२९ प ६५२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शिवराज नगरपालिका-११ थुनिया बस्ने ४९ वर्षीय सुरेश तेलीको मृत्यु भएको हाे । दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई बुद्धपोली क्लिनिक गोरुसिंङ्गेमा प्राथमिक उपचार पश्चात जिल्ला अस्पताल तौलिहवामा पठाइएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।