जिल्ला समन्वय समिति कपिलवस्तुको बार्षिक समिक्षा सम्पन्न

तौलिहवा – जिल्ला समन्वय समिति कपिलवस्तुको चाैथाे वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । समन्वय समितको आयोजनामा बुधबार जिल्लाको सदरमुकाम तौलिहवा स्थित होटल गौत्तमबुद्धको सभाहलमा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । समिक्षा कार्यक्रमम बोल्दै प्रदेश सभासद एंव सामाजिक विकास समितिका संयोजक दिर्घनारायाण पाण्डेयले देश संघीयता गईसकेको र स्थानिय, प्रदेश र संघीय सरकारले आ–आफ्नो जिम्मेवारी र भूमिकामा रहेर काम गरिरहेको अवस्थामा जिल्लाका महत्व पुर्ण विकास निमार्ण, सामाजिक विकास र मानविय विकासकोलागि समन्वय समिति संग सहकार्य गरि एकिृकृत कार्ययोजना बनाएर अगाडी बढ्नु पर्ने बताएका छन् । यसै गरि कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य जिल्ला धर्मबहादुर लाल श्रीवास्तवले समिक्षात्मक कार्यक्रममा पालिका एंव समन्वय समितिले गरेका कार्य प्रगति बारेमा जानकारी गराएता पनि आगामी दिनमा योजना निमार्ण र कार्यन्वयन लगायतका सवावलमा अन्तकृर्यात्मक समिक्षा गर्नु पर्ने बताए ।
अर्का प्रदेश सभा सदस्य माला गोतामेले कोभिड १९ संकटपुर्ण अवस्थामा पनि पालिकाहरुले सम्पन्न कार्यको आधारमा प्रस्तुत गरिएको प्रगति विवरण सन्तोषजनक रहेको बताइन । कार्यक्रम बोल्दै जिल्ला समन्वय समितिका प्रमुख नारायाण प्रसाद खनालले जिल्ला सम्न्वय समितिको भूमिका समन्वय एंव अनुगमनकारी भएकोले सोही अनुसार कार्य गरिरएको बताए । उनले स्पष्ट कानुनको अभावमा समन्वय समितिलाई कार्य सम्पादनमा चुनौती देखिएकोले प्रदेश एंव संघीय सरकारले स्पष्ट कानुनका लागि पहल गर्नु बताए ।
यस्तै पालिकाहरु तर्फबाट सम्बोधन गर्दै मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले समन्वय समितिले प्रदेश र संघीय सरकारसंग आवश्यक समन्वय सहकार्यका लागि भूमिका खेल्नु पर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका साथै कपिलवस्तु जिल्लाका १० वटै स्थानिय तह र बिभिन्न विषयगत कार्यालयहरु आव ७५÷०७६ मा सम्पन्न कृयाकलापहरुको बारेमा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समन्वय समितिका समन्वय अधिकारी कृष्ण प्रसाद गौत्तमले प्रगति विवरण पस्तुत गर्दै जिल्लामा नदी जन्य पदार्थ सम्मन्धि २० वटा अनुगमन भएको, अवैध रुपमा नदी जन्य पदार्थ चोरी निकासी गर्दा प्रहरीले पक्राउ गरेका टेक्टर, जेसीभीबाट १५ लाख २० हजार राजस्व संकलन भएको जानकारी गराएका थिए । साथै समन्वय समिति मौज्दात कोष संचालन कोष निर्देशिका अन्तरगत ३१ करोड १२ बाडफाँड भएको सो अन्तगत बिभिन्न पालिकाहरुमा १५ करोड ७ लाख रुपैया निकासा भई सकेको तर बिजयनगर गाउँपालिकामा हाल सम्म रकम निकासा नभएको जानकारी दिएका थिए ।
कार्यक्रममा प्रदेश सांसद बिष्णु पन्थी, अजुर्न के.सी. बिभिन्न पालिकाका प्रमुख तथा उप प्रमुखका साथै प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल, प्रहरी उपरिक्षक नवराज अधिकारी लगायतको समेत सहभागिता रहेको थियो । जिल्ला समन्वय समितिका प्रमुख नारायाण खनालको अध्यक्षता एंव शाखा अधिकृत भूमीराम पोख्रेलको संचालनमा कार्यक्रममा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation