इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना

कृष्णप्रसाद शर्मा (पवन)

१. पृष्ठभूमि
समयको गतिसँगै कतिपय ऐतिहासिक भू–भागहरू इतिहासको पानामा विलीन हुन्छन् भने कतिपय सभ्यताका भग्नावशेषहरूभित्रै पुरिएर रहन्छन् । रूपन्देही जिल्लाको सुदूर उत्तर–पश्चिममा अवस्थित सैनामैना नगरपालिका यस्तै एउटा ऐतिहासिक भूभाग हो, जुन लामो समयसम्म गुमनाम रहेर अहिले इतिहासको गर्भबाट बिस्तारै ब्युँझिँदैछ । चुरे पहाडको काख र तराईको समथर मैदानको संगमस्थलमा रहेको सैनामैनालाई आज हामी केवल एउटा आधुनिक तथा विकासोन्मुख नगरका रूपमा मात्र देख्छौँ । तर, यसको माटोभित्र २५०० वर्षभन्दा पुरानो बौद्धकालीन शान्तिको इतिहास र २०० वर्षअघिको राष्ट्रिय स्वाभिमानको सामरिक संग्राम लुकेको छ ।

वि.सं. २०७१ सालमा साविकका पर्रोहा, दुधराक्ष र सालझण्डी गाविसहरूलाई गाभेर सैनामैना नगरपालिकाको घोषणा गरिएपछि यहाँको सुसुप्त इतिहासमाथि प्राज्ञिक र पुरातात्विक विमर्श सुरु भएको हो । यो आलेख सैनामैनाको बौद्धकालीन प्राचीनता, पाल्पाली सेन राजाहरूको विरासत र नेपाल–अंग्रेज युद्धको रणनीतिक कडीलाई उजागर गर्ने एउटा विनम्र प्रयास हो ।

२. बुद्धकालीन सामगाम
सैनामैनाको इतिहासको पहिलो र बलियो कडी सिद्धार्थ गौतम बुद्धको समय अर्थात् ईशापूर्व छैठौँ शताब्दीसँग जोडिन्छ । बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले आफ्ना अनुयायीहरूलाई विभिन्न स्थानमा पुगेर धर्मोपदेश (सुत्त देशना) दिनुभएको थियो । बौद्ध ग्रन्थहरूका अनुसार, शाक्य गणराज्य (कपिलवस्तु) र कोलिय गणराज्य (देवदह) को सिमानामा ‘सामगाम’ नामक एउटा प्रसिद्ध गाउँ अवस्थित थियो । आजका इतिहासकारहरू र बौद्ध अध्येताहरूले सैनामैनाको ‘बाँसगढी’ र ‘सिमले’ क्षेत्रलाई नै सोही प्राचीन सामगामका रूपमा पहिचान गरेका छन् ।
बौद्ध साहित्यको ‘मज्झिम निकाय’ अन्तर्गत पर्ने ‘सामगाम सुत्त’ को देशना यही भूमिमा भएको थियो । बुद्धका समकालीन जैन धर्मका प्रवर्तक महावीर (निगन्थ नातपुत्त) को पावापुरमा निर्वाण भएपछि उनका अनुयायीहरूबीच तीव्र मतभेद सुरु भएको थियो । सोही सन्दर्भलाई लिएर बुद्धका प्रिय शिष्य आनन्दले बुद्धलाई “सङ्घको एकता र शान्ति कसरी कायम राख्ने ?” भनी सोधेका थिए । बुद्धले सङ्घमा विवाद हुन नदिन र आपसी सद्भाव कायम राख्नका लागि दिएको ऐतिहासिक उपदेश नै ‘सामगाम सुत्त’ हो । यस सुत्तमा बुद्धले मुख्य रूपमा निम्न कुराहरू प्रतिपादन गर्नुभएको पब्बताराम विहारमा छ ः
विवादका छ मूल कारणहरू (विवादमूल)ः बुद्धले रिस (कोध), डाह (उपनाह), ईष्र्या (मच्छरिय), कपट (माया), खराब इच्छा (पापिच्छा) र गलत वा संकुचित धारणा (मिच्छा दिट्ठि) लाई समाज र सङ्घ भत्काउने मुख्य कारक तत्व मान्नुभएको छ ।
सात विनय नियम (अधिकरण समथ)ः यदि सङ्घमा कुनै विवाद वा मतभेद आइहालेमा त्यसलाई शान्तिपूर्ण र न्यायिक ढङ्गले सुल्झाउन ‘सम्मुखविनय’ (दुवै पक्षको आमने–सामने उपस्थिति, बहुमतको कदर, आत्मालोचना आदि) को नियम प्रतिपादन गर्नुभयो, जुन आधुनिक लोकतान्त्रिक विवाद व्यवस्थापनको उत्कृष्ट नमुना हो ।
छ सारणीय धर्म (एकताका आधारहरू) ः
बुद्धले समाजलाई जोडेर राख्न ६ वटा सामाजिक र आत्मीय
व्यवहारहरू सिकाउनुभएको छ ः
१.कायाकर्मस् – अरूप्रति शारीरिक रूपमा मैत्रीपूर्ण र सहयोगी व्यवहार गर्ने ।
२.वचीकर्मस् – बोलीवचनमा सधैँ मधुरता, सत्य र मैत्री भाव राख्ने ।
३.मनोकर्मस् – मनमा कसैप्रति पनि ईष्र्या नराखी कल्याणकारी भावना राख्ने ।
४.साधारणभोगीस् – न्यायोचित रूपमा प्राप्त भएका भौतिक साधन वा अन्नपातहरू एक्लै उपभोग नगरी
अरूसँग बाँडेर खाने (जसलाई समाजवादको आदि(स्वरूप मान्न सकिन्छ) ।
५.शील सामयिकतास् – सामूहिक नियम, सदाचार र नैतिक मूल्यहरूको समान रूपमा पालना गर्ने ।
६.दिट्ठि सामयिकतास् – एउटै सम्यक् दृष्टि, साझा लक्ष्य र वैचारिक स्पष्टतामा अडिग रहने ।

यस क्षेत्रमा भएका विभिन्न चरणका उत्खननहरूमा मौर्यकालीन (सम्राट अशोकको समयका) ठूला र पुराना इँटाहरू, ढुङ्गाका कलात्मक बुट्टाहरू र बौद्ध विहारका भग्नावशेषहरू फेला परेका छन् । लुम्बिनी र देवदहको बीचमा पर्ने प्राचीन व्यापारिक मार्ग ९ब्लअष्भलत त्चबमभ च्यगतभ० मा अवस्थित भएकाले सैनामैना तत्कालीन समयमा बौद्ध भिक्षुहरू (श्रमणहरू) र भिक्षुणीहरू (श्रमणा) को मुख्य ध्यान तथा विश्रामस्थल थियो । ‘श्रमण र श्रमणा’ शब्दहरू नै कालान्तरमा जनजिब्रोमा अपभ्रंश हुँदै ‘सैना–मैना’ बनेको भन्ने भाषाशास्त्रीय मत पनि उत्तिकै बलियो देखिन्छ ।

३. रानी मायादेवी र ‘मैना’ को सखीत्व र मावली क्षेत्र
सैनामैना नामकरणको सन्दर्भमा स्थानीय लोकश्रुति र इतिहासको सम्बन्ध अत्यन्तै आत्मीय र भावनात्मक छ । सिद्धार्थ गौतमकी माता, रानी महामाया (मायादेवी) देवदहकी राजकुमारी हुनुहुन्थ्यो । कपिलवस्तुबाट माइती आवतजावत गर्दा यो क्षेत्र उहाँको मुख्य विश्रामस्थल थियो । लोककथा अनुसार, यसै क्षेत्रमा बस्ने ‘मैना’ नामकी एक सर्वसाधारण ग्रामीण महिलासँग रानीको गहिरो आत्मीयता गाँसिएको थियो । राजकीय रवाफभन्दा माथि उठेर रानी मायादेवी र सर्वसाधारण महिला मैनाबीच सुख–दुःख साटासाट भयो र उनीहरूले एक–अर्कालाई ‘सैना’ (स्थानीय भाषामा मितिनी वा सखी) लगाए । एउटी महारानी र सामान्य नागरिकबीचको यो अभूतपूर्व प्रेमको प्रतीकस्वरूप यस ठाउँको नाम ‘सैना–मैना’ रहन गयो । यहाँ अवस्थित प्राचीन ‘रानीकुवा’ र ‘रानीबगैँचा’ आज पनि सोही अमर मित्रताको साक्षीका रूपमा जीवित छन् । बुद्धले पब्बताराममा सिकाउनुभएको ‘आपसी सद्भाव र उहाँकी आमा मायादेवीले व्यावहारिक रूपमै स्थानीय महिलासँग गाँस्नुभएको ‘सखीत्व (सैना)’— यी दुवै घटनाले सैनामैनालाई अनादि कालदेखि नै ‘समानता र सद्भावको केन्द्र’ का रूपमा स्थापित गर्दछन् ।
अर्कोतर्फ सैनामैनालाई मायादेवीको मावली क्षेत्रको रुपमा पुष्टि गर्ने पुरातात्विक प्रमाण हालसम्म उपलब्ध नभएपनि भौगोलिक निकटता, बुद्धकालिन बौद्ध गतिविधिहरुका संकेत, पब्वताराम विहारको ऐतिहासिक महत्व तथा कोलिय गणराज्यहरुको सम्भावित प्रभाव क्षेत्रका आधारमा सैनामैना र मायादेवीको माइतिभूमिबीच सांस्कृत

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation