शितगंगा आगलागि हुंदा १ घर र २ गोठ जलेर नष्ट

राज अधिकारी, शितगंगा
अर्घाखाँचीको शितगंगा नगरपालिकामा भएको आगलागिमा एक घर र दुई गोठ जलेर नष्ट भएको छन् । नगरपालिकाको वार्ड नं. ५ मा सुधा माविको जंगलमा भएको आगलागिमा एक घर दुई जलेर नष्ट हुनुका साथै अन्य समान्य क्षति भएको छ । आगलागिबाट स्थानिय नेत्रबहादुर घर्तिको घर र परालको माच जलेको छ। भने खेमराज पौडेलको एक गोठ र दाउरा राख्ने कडकुडो नस्ट र चुरामणी घर्तीको गोठ जलेर नस्ट भएको छ ।
आइतबार करिव दुई बजे देखि भालु खोलाबाट सुरु भएको आगलागि आज चार बजे मात्र नियन्त्रणमा आएको छ । आगो नियन्त्रणका नेपाल प्रहरी, नेपाली सेना, सुधा माबि जुकेनाका बिद्यार्थी स्थानियको निरन्तरको प्रयासले आगलागि नियन्त्रणमा आएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation