नेपाल समूहसँग वार्ता गर्न नेम्वाङ र पौडेल सिंहदरबारमा ओलीकोअत्निम बिक्लप प्रस्तुत गर्दै

वैशाख २६ : नेकपा एमालेको माधव नेपाल समूहसँग छलफलका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले दुई जना नेतालाई सिंहदरबार पठाएका छन् । ओलीले नेपाल समूहसँग वार्ताका लागि विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलाई सिंहदरबार पठाएका हुन् । नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला उनीहरूको राजीनामा रोक्न ओलीले पौडेल र नेम्वाङलाई संसदीय दलको कार्यालय सिंहदरबार पठाएका छन् ।

प्रधानमन्त्री ओलीले सोमवार संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला नेपाल समूहका सांसदले भने सामूहिक राजीनामा दिने तयारी गरेका छन्। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation