चरम संकटमा कपिलवस्तु अस्पताल, आर्थिक सहयोगको लागि अपिल

बसन्त बन्जाडे- कोरोना महामारीको नयाँ लहरसंगै कपिलवस्तु अस्पतालमा बिरामीहरुको चाप बढेको छ । अस्पतालको आइसियु, भेन्टिलेटर र जर्नल वार्डहरु समेत बिरामी भरिए पछि हाल बरण्डामै बेड र भुईमा सुताएर नै बिरामीहरुको उपचार भईहेको छ । त्यसका साथै कोरोना अस्पतालका २० वटै बेडमा बिरामीहरु छन् । कोरोना अस्पताल र अस्पतालको बरण्डामा गरेर ४० जना भन्दा धेरै कोरोना पोजेटिभ बिरामीहरुको उपचार भईरहेको छ ।
यसका साथै आईसियु १० र भेन्टिलेटरमा रहेका २ जनामा बिरामीहरुमा एन्टिजेन नेगेटिभ भएता पनि कोरोनाको जस्तै लक्षण छ ।
सुरुवाती चरणमा कोरोना संक्रमणका बिरामीहरुलाई रुपन्देही रिफर गर्दै आएको कपिलवस्तु अस्पतालमा भने महामारी बढ्दै गए पछि अन्य जिल्लाबाट रिफर भएर आएका बिरामीहरु समेत भर्ना लिनु परेको अवस्था छ । अस्पतालका डा. गणेश क्षेत्रि भन्छन, बेड खाली भए सम्म, कही कतै लागे पुगे सम्म जो कही आए पनि अस्पतालले भर्ना लिनु पर्छ । केही दिन अगाडी मात्र प्रदेशको अस्थाई मुकाम बुटवलमा रहेका अस्पतालहरुमा समेत बेडको अभाव भए पछि कपिलवस्तु अस्पतालमा कोरोना संक्रमण भएकी प्यूठानकी महिलाको सफल अप्रेशन गरि बच्चा जन्माईएको थियो ।
तर सिमिति श्रोत साधनबाट नियमित रुपमा चल्दै आईरहेको अस्पतालमा अहिले एका एक बिरामीको चाप बढे संगै आर्थिक अभाव चुलिदै गएको छ । अस्पतालमा आउने अधिकांस बिरामीहरुमा अक्सिजनको समस्या छ, सबैलाई अक्सिजन दिनु पर्ने हुन्छ, सिलिण्डरको अभावमा कहिले काही दिनको ३/४ पटक सम्म अक्सिजन भराउन गाडी भैरहवा पठाउने गरिएको अस्पताल व्यवस्थापक रत्नाकर शुक्ला बताउछन् । उनि भन्छन्, ‘अक्सिजन नभए पछि बिरामीको ज्यानै जाने अवस्था आउछ त्यो समय १० वटा सिलिण्डर बोकेर समेत गाडी भैरहवा पठाउने गरेका छौ ।’
अस्पतालको मातहतमा कोभिड अस्पताल संचालन गर्ने भन्दै गत बर्ष नै जिल्लाका १० वटा स्थानिय तहहरुले ६/६ लाख दिने भनि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा सहमति गरि निर्णय गरेता पनि हाल दिनको लागि कसैले तादरुकता देखाएको पाईदैन् ।

प्रदेश सरकारको कोरोना अस्पतालको लागि दिने भनेको २५ लाख बाहेक अन्य रकमको कहि कतै बाट जोहो हुने अवस्था नदेखिए पछि आज जिल्ला अस्पतालले आर्थिक सहयोगको लागि अपिल जारी गरेको छ ।
जिल्ला अस्पतालका मेसु किशोर बन्जाडेले एक अपिल जारी गर्दै कोभिड १९ बाट संक्रमित बिरामीहरूलाई उपचार गर्न आवश्यक अक्सिजन ग्याँस सप्लाई, फ्रन्टलाईनमा काम गर्नेहरुलाई पि.पि.ई. लगायतका सामाग्रीहरुको व्यवस्थापनको लागि बजेट अभाव भएकोले उद्योगी, व्यवसायी, कर्मचारी, शिक्षक, बुद्धिजिवी लगायतलाई आर्थिक सहयोगको लागि अपिल गरेका छन् ।
गत बर्ष नै जिल्लामा कोरोना अस्पताल र ल्याब संचालन गर्नका लागि ६/६ लाख दिने भनि प्रतिवद्धता गरेका स्थानिय सरकारहरुले रकम दिने छाट नदेखाए पछि बाध्य भएर आम नागरिकमा सहयोगको लागि अपिल गर्नु परेको मेसु बन्जाडे बताउछन् । उनि भन्छन् ‘संक्रमित बिरामीहरूलाई अक्सिजनकाे अभाव , फ्रन्टलाईनमा काम गर्नेहरुलाई पि.पि.ई. लगायतकाे व्यवस्थापनमा समस्या रहेकाे, अझै ठूलो अस्थाई कोरोना अस्पतालको पनि खाँचो पनि देखिएकाले आर्थिक सहयोगको लागि अपिल गरिएको बन्जाडेले बताए । साथै हाल पनि बिभिन्न व्याक्तितव र सामाजिक संघ संस्थाहरुले सहयोग गरिरहेको समेत जानकारी दिए ।


कोरोना महामारी संगै अस्पतालमा थप जनशक्ति आवश्यक रहेको अस्पतालका व्यवस्थापक रत्नाकर शुक्ला बताउछन् । यस बिचमा एक जना स्टार्फ नर्सले राजिनामा दिएको उनले जानकारी दिए । उनि भन्छन् कर्मचारीहरुमा चिन्ता र भय कस्ले कति बेला राजिनामा दिने हो थाहा छैन् । यदि कोही संक्रमित भई हाल्यो बिदा दिनु पर्छ उनको ठाउँमा कस्लाई ल्याउने अर्को समस्या छ तर आर्थिक अभाव रकमको व्यवस्थापन हुन नसक्दा अस्पतालले आवश्यक कर्मचारी भर्ना गर्ने जोखिम मोल्न सकेको छैन् ।


कोरोना बिरामीहरुको संख्या बढे संगै जर्नल वार्डमा रहेका बिरामीहरुहरुलाई सुरक्षित रुपमा उपचार गर्न समस्या परिरहेको डा. गणेश क्षेत्री बताउछन् । उनि भन्छन्, ‘सुत्केरी लगायतका बिरामीहरु नियमित रुपमा आएका छन तिनीहरुलाई कोरोना संक्रमितहरुसंग सम्पर्क नभएका चिकित्सकहरुले हेर्नु पर्छ, त्यही अनुसार व्यवस्थापन मिलाएका छौ ।’ कपिलवस्तु अस्पतालको ईमरजेन्सि वार्डमा आएका कोरोना संक्रमित बिरामीहरुलाई अन्यत्र तत्काल व्यवस्थापन गर्नका लागि सदरमुकाम ठूलो कोरोना अस्पतालको आवश्कता रहेको उनले बताए । एकै स्थानमा ठूलो कोरोना अस्पताल नहुंदा पनि समस्या भएको उनको बmुझाई छ । उनि भन्छन् ‘पुरानो महिला विकासको भवनमा संचालित अस्थाई कोरोना अस्पतालमा र यहाँको बरण्डामा दुई दुई तिर कोरोना संक्रमण बिरामीहरुलाई चिकित्सक लगायतका कर्मचारीहरुको व्यवस्थापन गर्दा समस्याका साथै आर्थिक भार पनि बढेको छ ।’
यस्तै अस्पतालको संकट व्यवस्थापन गर्नका लागि तत्काल प्रदेश सरकार र जिल्लाका १० वटै स्थानिय तहले प्रतिबद्धता गरेको सहयोग गर्नु पर्ने मानव अधिकारकर्मी रविन्द्रनाथ ठाकुर बताउछन् । उनि भन्छन यो भन्दा ठूलो मानविय संकट कहिले आउछ यस अवस्थामा स्थानिय सरकारहरु मुख दर्शक बन्न मिल्दैन् । अक्सिनज नपाएर मानिस ज्यान जानु भनेको हत्या गरे जस्तै हो उनि भन्छन् ।
यस अवस्थामा महामारी रोक्न र बिरामीहरुको उचित उपचारको लागि स्थानिय सरकारहरुले चासो नदेखाएको पत्रकार महासंघ कपिलवस्तुका सचिव जानु पाण्डे बताउछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation