सदनबाट नेपाल समूहलाई प्रधानमन्त्री चेतावनीः मैले देखेको छु !

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको मिति नजिकिएकाले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।सोमबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले निर्वाचन नजिक आइसकेकोले अब आफूलाई मत दिनुको विकल्प नभएको बताए ।

‘डेढ वर्षपछि त चुनाव आउँछ । त्यसरी चुनाव आउँदा पनि हत्या भयो त प्रतिनिधि सभाको ?,’ उनले प्रश्न गरे ।प्रधानमन्त्री ओलीले संविधानअनुसार पाँचौ वर्ष चलाउन आफूले विश्वासको मत मागेको भन्दै मुद्दा लडेर फिर्ता ल्याएको संसद बचाउन आग्रह गरेका छन् ।‘पाँचौ वर्ष चलाउन संविधानअनुसार मैले मागेकै त्यही भएर मत ठ्याक्कै मिलेको छ कुरा,’ उनले भने, ‘डिलको टाउकोमा हाम्फाल्ने अनि गुरुत्वकर्षणलाई दोष दिने ? मुद्दा लडेर फिर्ता ल्याएको संसद बचाउन ।प्रधानमन्त्री अ‍ोलीले माधव नेपाल समूहका सांसद बैठक अनुपस्थित रहेको भन्दै परिस्थिति बुझेको बताएका छन् । ‘अलिअलि परिस्थिति मैले पनि देखेको छु । कसको उपस्थिति छ कसको छैन् ति पनि म बुझ्छु’, उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation