एक महिना संकटकाल लगाउने खड्क प्रसाद ओलीको तयारी

सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ।  सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ।  
शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत शीतल निवास पुगेका छन् ।  देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएर अवस्था भयावह भएपछि सरकारले संकटकाल  घोषणा गर्नेगरी सिफारिस गरेको हो।  
यस्तै संसदको विशेष अधिवेशन अन्तको  ड्राफ्ट पनि तयार भएको बताइएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइएको थियो भने सो अधिवेशन अन्त्य गर्ने तयारी भएको हो।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation