विश्वासको मत अस्वीकृत, खड्क प्रसाद ओली प्रधानमन्त्रीबाट स्वतः पदमुक्त

काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा राखेको विश्वास मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । त्यससँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् ।विश्वासको मतको पक्षमा ९३, विपक्षमा १ सय २४ र तटस्थ १५ मत खसेको थियो । संसद्मा २ सय ३२ सांसद उपस्थित थिए।प्रतिनिधिसभामा हाल कायम २ सय ६७ सांसदमध्ये ३५ जना बैठकमा उपस्थित भएनन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation