७ सांसदले छाडे खनाल–नेपालको साथ

काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहका सात सांसदले साथ छाडेका छन् ।आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको विश्वासको मतमा खनाल–नेपाल समूहका सात सांसदले मतदान गरे ।

यी हुन् खनाल–नेपालका साथ छोडेका सांसद
हिरा केसी
राजबहादुर बुढा
समिना हुसेन 
गंगा चौधरी (सत्गौवा) 
पार्वती विशुंखे 
विना बुढाथोकी 
ध्रुव शाही

मतदानमा खनाल–नेपाल समूहका २८ जना अनुपस्थित भएका थिए । उनीहरुले बिहान बैठक बसेर बैठकमा अनुपस्थित हुने निर्णय गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation