एमालेले फिर्ता लियो माधव नेपालसहित चार जना नेतामाथिको कारबाही

काठमाडौं, वैशाख ३० : नेकपा एमालेले नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

गत चैतमा स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नदिएको जनाई ती नेतालाई एमालेले छ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो । उनका अनुसार बैठकले पार्टी एकताबद्ध बनाउने अधिकार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation