कोरोनाबाट एकैदिन २१४ जनाको मृत्यु, ८९६० मा संक्रमण पुष्टि

वैशाख ३० :  कोरोना भाइरस संक्रमणबाट एकैदिन २१४ जनाको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित १ लाख ५ हजार २ सय ७ पुगेका छन् । 

पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८९६० जना कोरोना स‌ंक्रमित थपिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ।  यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation